अनेरास्ववियू पुर्व नेतृ बन्दिताले गरिन कोरोना राहत कोषमा १ लाख ११ हजार सहयोग

अनेरास्ववियू पुर्व नेतृ बन्दिताले गरिन कोरोना राहत कोषमा १ लाख ११ हजार सहयोग

भैरहवा।
विश्वव्यापी रुपमा फैलिदै गएको नोभेल कोरोना भाइरस कोभिड १९को पुर्व सतर्कता र नियन्त्रणमा सहयोग पुराउने उद्धेश्यले सिद्धार्थनगर पालिका भैरहवाले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अष्ट्रेलियामा अध्ययनरत बन्दिता काफ्लेले एक लाख एघार हजार एस सय एघार रुपैयां सहयोग गरेकी छन् ।
काफ्लेले आफु जन्मे, हुर्केको र पढेको ठाउ भैरहवा क्षेत्रमा आइपर्न सक्ने विपतमा सहयोग पुग्ने उद्धेश्यले उक्त रकम सहयोग गरेकी हुन् ।
काफ्ले विद्यार्थि कालमा भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थि यूनियनको सदस्य समेत रहेकी थिइन् । हाल नेकपाको संगठीत सदस्य समेत रहेकी काफ्ले अनेरास्ववियू रुपन्देही जिल्लाको पुर्व सदस्य समेत हुन् ।
कलेज पढ्दा विभिन्न संघसंस्था मार्फत समाजिक सेवामा सक्रिय रहने काफ्लेको सहयोगले विदेशमा रहेका अन्य नेपालीलाई राहत कोषमा सहयोग गर्न उत्प्रेरणा प्रदान गर्ने नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए । बन्दिता सिद्धार्थनगर पालिकाको उपप्रमुख उमा काफ्ले तथा टंकनाथ काफ्लेको छोरी हुन् ।
यसैगरी राहत कोषमा नगरका प्रमुखले २१ ह्जार , उपप्रमुखले १५ हजार र वडाध्यक्षहरुले १० हजारको दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासीनिले बताए । सिद्धार्थनगरमा १३ वटा वडा रहेका छन् । सिद्धार्थनगरको बिहीबारको नगर कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको थियो । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ ह्जार जम्मा गरिसकेको छ ।
लकडाउनको कारण खाद्यान्न, तरीकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यलयको समन्वयमा टोल स्तरमा अत्यावश्यक बस्तुको प्रबन्ध मिलाउने तयारी गरेको छ । यसैगरी बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमीकहरुको लगत संकलनको काम शुरु भएकोले वडाका सबै जनप्रतिनिधी , राजनैतिक दल र नागरिक अगुवालाई त्यस्तो व्यक्ति पहिचान भएमा तत्काल नगरको प्रमुख उपप्रमुखलाई सम्पर्क गर्न आग्रह समेत गरिएको छ ।
नगरपालिकाले समाजसेवी कृष्ण प्रसाद न्यौपाने, नारयण प्रसाद अग्रवाल सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारयाण प्रसाद भन्डारी, बैंकर्स एशोसियसनका अध्यक्ष रामराज उपाध्यय सहितको श्रमीककोलागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिती समेत गठन गरेको छ ।
यसैबीच सिद्धार्थनगरपालिकामा लकडाउनको प्रभाब पुर्ण रुपमा परेको छ । जसको कारण सडकमा सवारी साधन तथा मान्छेहरुको आवतजावत ठप्प भएको छ । लुम्बिनी प्रवेशद्वार भैरहवामा नगरपालिकाको सक्रियतामा शैक्षिक तालिम केन्द्रमा आइसोलेशन निर्माण भएको छ । भीम अस्पतालमा विशेष कोरोना उपचार केन्द्र बनिरहेको छ भने युसीएमएसमा डब्लु एचओको मापदन्ड अनुसार ज्वरो मापन केन्द्र सन्चालनमा छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij