गरिबीका जनतालाई राहत दिन सार्वजनिक लेखा समितिका सभापति शाहको सरकारलाई आग्रह

गरिबीका जनतालाई राहत दिन सार्वजनिक लेखा समितिका सभापति शाहको सरकारलाई आग्रह

रुपन्देही
सार्वजनिक लेखा समिति सभापति तथा रुपन्देही निर्वाचन क्षेत्र नं ५का प्रतिनिधि सभा सदस्य भरत शाह गरिबीका रेखामुनि रहेका जनतालाई सरकारले अबिलम्ब राहत दिन आग्रह गर्नु भएको छ
ज्यालादारी , असहाय ,गरिबको रेखामुनि जो रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धौँ धौँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज सरकारले पुर्याउन जरुरी रहेको छ ।
यसबिपतको घडीमा हामी सम्पूर्ण राजनीति दलका प्रतिनिधि,समाजसेवी तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको छ ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतको उपाय अपनाउन आम जनसमुदाय आग्रह गर्नु भएको हो।
नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै आफ्नो निर्वाचन क्षेत्र तथा नेपाल सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।
आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै कोरोनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन सभापति भरत कुमार शाहले आग्रह गर्नुभएको छ।
आफनो १५ दिन बराबर को पारिश्रमिक तलब नेपाल सरकारद्धारा कोरोना भाइरस विरुद्ध लडन गठित केन्द्रीय राहत कोषमा दिइने जानकारी गराउदै कोरोना भाइरस प्रतिको जोखिमलाई उच्च सतर्कता अपनाउदै सपरिवार निजी निवास सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी गराउनुभएको छ । क्वारेन्टाइन निर्माण गरिसकेको भए पनि कार्य चुनौतिपुर्ण रहेको छ । किनभने क्वारेन्टाइन निर्माण गरेर मात्र भएन त्यहाँका प्राबिधिक तथा डाक्टरको पनि उपस्थिति हुन पर्यो र डाक्टरलाई सुरक्षित गर्नको लागि सामाग्री उपलब्ध गराइ दिन पर्यो ।
डाक्टर सुरक्षित रहेमात्र उसके अरुलाई सुरक्षा गर्छ तसर्थ यश बिषयमा केन्द्रीय सरकारले ध्यान दिइयोस् भन्ने आग्रह गर्नु भएको हो।

सभापति साह ले आम नागरिकलाई आग्रह गर्दै ‘सरकारले नागरिकको सुरक्षाका लागि गरेको लकडाउनलाई पुर्णरुपले पालन गरौं, यदि हामी कोहि भारत लगायत अन्य देशबाट नेपाल आएका छांै भने चेकजाँच गरेर होमक्वारेन्टाइनमा बसांै हामी पुर्ण अनुशासित भएर घरमै बस्यौँ भने कोरोना संक्रमणलाई परास्त गर्न सक्छौं ।’
‘हामीले इटाली, स्पेन लगायतका देशमा लापरबाहीबाट भएको क्षति अनि चिनले आफुलाई नियन्त्रणमा राखेर कोरोना माथि हुन बाट क्षति बाट भएको पाठ सिक्न सांसद भरत कुमार शाहले आग्रह गर्नु भएको छ

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij