चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालियो

चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालियो

काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत जानुभएको छ ।

यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ सहितको टोली प्रदेश १ को राजधानी विराटनगर गएको छ । चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा विभिन्न प्रदेशमा पठाउने र एउटा काठमाण्डौमै तयारी अवस्थामा राख्ने सरकारले जनाएको छ ।
प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा एकरएक वटा पीसीआर मेसिन सहित उपकरण र औषधि पठाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना अनुसार औषधि र उपकरण पठाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका निर्देशक भोगेन्द्र राज डोटेलका अनुसार लामा दुरीमा हवाई मार्गबाट र छोटो दुरीमा स्थल मार्गबाट सामान पठाउने तयारी छ । गएको शनिबार चीनबाट पाँच वटा पीसीआर मेसिन ल्याएको सरकारले आज चार प्रदेशमा एकरएक वटा पठाउने तयारी गरेको हो
उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु गरिनेछ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि कोरोनाको परीक्षण सुरु गरिएको छ । यस्तै प्रदेश ३ को हेटौँडामा पनि परीक्षण केन्द्रका लागि आज सामान पुग्ने प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij