साउदी र कतारमा गैरकानुनी रुपमा बसेका श्रमिकले पनि कोरोनाको उपचार निःशुल्क पाउने

साउदी र कतारमा गैरकानुनी रुपमा बसेका श्रमिकले पनि कोरोनाको उपचार निःशुल्क पाउने

काठमाण्डौ – साउदी र कतारले गैरकानुनी हैसियतमा भएका श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएमा निःशुल्क उपचार गर्ने भएका छन् ।

साउदीका राजा सलमानले ओभरस्टे भएका लगायत गैरकानुनी हैसियतमा सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश दिएका छन् । साउदीका राजाले यो आदेश दिएसँगै गैरकानुनी रुपमा साउदीमा बसेको भए पनि कोरोना सङक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा अस्पताल गएर उपचार गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढे पनि अहिलेसम्म नेपाली श्रमिकमा सङक्रमण नदेखिएको दूतावासले जनाएको छ । यस्तै कतारले पनि कतारको आईडी नभएका श्रमिकको पनि निःशुल्क उपचार गर्ने बताएको छ ।

कोभिड १९ को कुनै लक्षण देखिएमा वा पोजेभिटभ देखिएमा कतारको आईडी भए पनि नभए पनि सबै श्रमिकलाई निःशुल्क उपचार गर्ने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार यदि ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्त अरुबाट अलग बसी कतार सरकारको कोभिड १९ को हटलाइन नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ । आपतकालीन अवस्था भएमा ९९९ मा फोन गरी एक्बुलेन्स बोलाउन सकिन्छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij