कोष संचालन गर्न निर्देशिका तयार

कोष संचालन गर्न निर्देशिका तयार

 

बुटवल – प्रदेश सरकारले कोरोना भाईरस (कोभिड –१९) नियन्त्रण तथा उपचार कोष संचालनको लागि निर्देशिका तयार गरी कार्यान्यनमा ल्याएको छ । कोष संचालनको लागि सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ । जसको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनाल रहेका छन ।

त्यसैगरी सदस्यहरुमा मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन । कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आईसोलेशन अस्पताल स्थापना र संचालनमा लाग्ने खर्चहरुको व्यवस्थापन गर्न मानविय क्षती नियन्त्रण र प्रकोपको कारणबाट प्रभावित व्यक्तिहरुको सहजपरिक्षण तथा उपचारको व्यवस्था गर्न उपचारमा आवश्यक पर्ने मेडिकल सामाग्री औषधी उपकारणको लागि लाग्ने खर्चको प्रवन्ध गर्न कोरोना भाईरसको नियन्त्रण तथा उपचार गर्न प्रदेश सरकारबाट निर्णय भएवमोजिमका अन्य खर्च गर्न र कोरोना भाइरसबाट ज्यान गुमाएका परिवारलाई दिने राहतको लागि खर्च गर्न सकिने कार्यविधि रहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिनु भयो ।

कोष संचालक समितिको मंगलबार वसेको बैठकले ५ सदस्यीय प्राविधिक कार्यदल गठन गरेको छ । जसको संयोजकमा स्वास्थ्य निर्र्देशक, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव, सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महशाखा प्रमुख, आयुर्वेद चिकित्सक, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र वायोमेडिकल इन्जिनियर सदस्य रहेको प्राविधिक कार्य टोली गठन गरिएको हो ।
बैठकले विभिन्न संघ संस्था, व्यक्तिहरुलाई कोषमा सहयोग गर्न अपिल गरेको छ । राष्ट्यि वाणिज्य बैक बुटवल शाखामा रहेको ३१२०५०३०००३०१ खातामा सहयोग गर्न चाहनुहुने महानुभाव तथा संघ संस्थाले सहयोग गर्न सकिने सदस्य सचिव डा गोपिकृष्ण खनालले जानकारी दिनु भयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij