‘कोरोना भाइरस रोकथाम कोष’मा पूर्वराजा ज्ञानेन्द्रले २ करोड रुपैयाँ सहयोग गर्ने

‘कोरोना भाइरस रोकथाम कोष’मा पूर्वराजा ज्ञानेन्द्रले २ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम कोष’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिनुभएको हो ।

उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।  “दुःख, कष्ट र आपत् विपत्को यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।” विज्ञप्तिमा भनिएको छ ।

यसैगरी पूर्वराजा शाहले राहत राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रसंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउनसमेत अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij