कञ्चन जेसिजद्धारा बिपन्न परिवारलाई राहत बितरण

कञ्चन जेसिजद्धारा बिपन्न परिवारलाई राहत बितरण

 

कञ्चन – कञ्चन जेसिजले कञ्चन गाउपालिकाम रहेका दैनिक ज्यालादारी गरी जिबिको पार्जन गर्दै आएका बिपन्न घरपरिवारलाई राहत बितरण गरेको छ । महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्न नपाई दैनिक जीबिको पार्जन गर्न समस्या परेको घर परिवारलाई कञ्चन जेसिजले १० किलो चामल,नुन र खानेतेल बितरण गरेको हो ।

कन्चन जेसिजका बाबुराम पौडेलको नेतृत्वमा राहत बितरण कार्यक्रममा कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरिनारायण थारु,वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारु,कार्यपालिका सदस्य रेनु कुवंर लगायतको उपस्थिती रहेको थियो । कञ्चन जेसिज र जेसजि प्रति आस्था राख्ने सहयोगीहरुको आर्थिक सहयोग संकलन गरी उक्त संकलित रकमबाट खाध्यान्न सामाग्री खरीदगरी राहत बितरण गरिएको हो ।

राहत बितरण कार्यक्रममा महामारीको समयमा घर बाहिर ननिस्किइ आफ्नै घरभित्र बस्न र महामारीको सम्भाबित संक्रमणबाट सुरक्षक्षित हुन कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्षले आग्रह गर्नु भएको थियो ।यस्तै कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले बिश्वभर नै कोरोना भाइरसले आहात पु¥याइरहेको अवस्थामा बिहान सांझ छाक तार्न मुस्किल भएका घरपरिवालाई कञ्चन जेसिजले सहयोग गर्दै आएको र आगामी दिनहरुमा बिपदमा परेका बिपन्न परिवारहरुलाई सहयोग गर्दै जाने बतायनु भएको छ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij