बुटवल।
बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा हालसम्म भर्ना भएका २३ जना बिरामीमध्ये २१ जना डिस्चार्ज भएका छन ।
कोरोनाको परिक्षणका लागि काठमाण्डौको शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा स्वाव पठाइएकोमा नेगेटिभ रिर्पोट आएपछि उनिहरु डिस्चार्ज भएका हुन ।
काठमाण्डौ स्वाव पठाईएका सबैको रिर्पोट नेगेटिभ आएपछि २१ जना डिस्चार्ज भैसकेका छन भने एकजनाको रिर्पोट आउनु अघि नै निधन भई सकेको छ ।
भर्ना भएका थप १ जनाको रिर्पोट आउन बांकी रहेकोले उनको उपचार भईरहेको लुम्विनी प्रादेशिक अस्पताल कोरोना बिशेष आईसोलेसन अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमले बताए ।
परिक्षणका लागि काठमाण्डौ पठाउनु पर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारले संघिय सरकारको सहयोगमा भैरहवाको गहुंबालि अनुसन्धान केन्द्रमा प्रयोगशाला बनाउने तयारी गरि रहेको छ जसका लागि चीन सरकारको सहयोगमा उपकरण समेत आई सकेको बताईएको छ ।
बुटवल उपमहानगरले जिर्ण अवस्थाको भौतिक पूर्वाधारको स्तरोन्नती, औषधि, उपकरण, उपयुक्त वेड, उपयुक्त जनशक्ति र हौसला जुटाएर कोरोना अस्थायी अस्पताल स्थापना गरेको र थप जुटाउने तयारीमा रहेको जनाएको छ ।
यथासम्भव छिटो आईसोलेसन अस्पताल बनाउनु पर्ने प्रेसर थियो जे जसरी बनाईयो बन्यो अव गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले भेन्टिलेटर र आइसियु उपलब्ध गराएको छ त्यो प्रयोगमा ल्याइँदैछ बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले भने ।
सार्वजनिक खरिद ऐनका कतिपय प्रावधानका कारणले तुरुन्तै आइसीयू जुटाउन सकिएन । अवको केही दिनमै आईसियु समेत निर्माण गर्ने काम सम्पन्न हुने छ सुवेदीले थपे
सबैजना खटदा खटदै पनि एउटा दुर्घटना भयो आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन हामी प्रतिबद्ध छौं सुवेदीको भनाई थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्