कोरोना : १ हजार १ सय ३३ को परीक्षण, पाँचजनामा मात्रै पोजेटिभ

कोरोना : १ हजार १ सय ३३ को परीक्षण, पाँचजनामा मात्रै पोजेटिभ

काठमाडौंः सरकारले बुधबारसम्म नेपालमा ११३३ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परिक्षण परिक्षण गरिएको जनाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.बिकास देवकोटाले हालसम्म देशभरका एक हजार एक सय ३३ जना शंकास्पद विरामीको नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्।  मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा उनले आजको दिनसम्म देशभर ९९ जना आइसोलेसनमा रहेको पनि बताए।  यतिबेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार संक्रमितसंग सम्पर्कमा रहने ब्यक्ति र नजिकका परिवारका सदस्यको ट्रेसिङ गर्ने, क्वारेन्टाइनमा राख्ने तथा आवश्यकता अनुसार परीक्षण गर्ने क्रम जारी रहेको पनि उनले बताए।  ती परीक्षणमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको तथा नमूना संकलन भएका र नमूना संकलन हुन बाँकीको रिपोर्ट पर्खिरहेको बताए। महाशाखा प्रमुख देवकोटाले आज धनगढीमा मात्र संक्रमितको परिबार लगायत १२ जनाको नमूना संकलन भइसकेको र परीक्षण जारी रहेको बताए।  उनका अनुसार कलसेन्टरमा हालसम्म ६ हजार ९ सयभन्दा वढी कल आएको र गत २४ घण्टामा त्यसमध्ये २ हजार ३२३ कलको जिज्ञासा मेटाउने प्रयास गरिएको छ। त्यस्तै, दुई दिनअघि सञ्चालनमा ल्याइएको एप्समा हालसम्म २ हजार ३ सय जनाले रिपोटिङ गरेको उनले बताए। त्यसमध्ये १२ जनाको लक्षण मात्र कोरोना भाइरससँग मिलेकोले उनीहरुको पनि परीक्षण गर्ने तयारी गरिएको छ। हाल पोखरामा ४ वटा र धरानमा १२ वटा परीक्षण गरिँदैछ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij