बुटवल ।
केहि दिन अघि बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाल्पाका बाबुराम थापाको उपचार अभावमा मृत्यु भएको भन्दै नेपाल तरुण दल रुपन्देहीले उचित क्षतिपुर्तिको माग गरेको छ । उनको रिर्पोटमा कोरोना भाईरस नेगेटिभ देखिएपछि उक्त अस्पतालमा किन लगिएको भन्ने प्र्रश्न गंभिर रुपमा उठेको भन्दै उनको मृत्युको कारण दिन नसक्ने अस्पताल प्रशासन एवं प्रदेश र स्थानिय सरकारको गंभिर लाहप्रर्वाहि देखिएको तरुण दलले आरोप लगाएको छ ।
तरुण दलका जिल्ला सचिव रमेश शाहीले एक विज्ञक्ती जारी गर्दै तत्काल पिडित परिवारलाई उचित क्षर्तिपुर्ति दिन जोडदार मागगरिएको छ । आर्थिक हिसावले समेत निकै कमजोर परिवार त्यसमाथी सबैलाई पाल्ने अभिभावक गुमाएको र वच्चाहरुको समेत विचल्ली भएकोले तत्काल यो विषयमा सरकारी सम्वेदनशिलता देखिन जरुरी रहेको विज्ञक्तीमा भनिएको छ । साथै कोरोना विशेष अस्पतालमा पुर्वाधार विना विरामीहरु राख्ने र उनिहरुले उपचार नै नपाउने विषयमा आफुहरुको गंभिर ध्यानाकषैण भएको उल्लेख गरिएको छ ।
त्यसैगरि विज्ञक्तीमा भारतिय सिमानाकाहरुमा रोजगारीका लागि गएका नेपालीहरुको विचल्ली भएको भन्दै उनिहरुको उद्धार र स्वास्थ्य उपचारका विषयमा सरकारलाई गंभिर बन्न पनि भनिएको छ ।।
प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्