स्वतन्‍त्र पत्रकारितामाथि आक्रमणको नयाँ प्रवृत्ति देखियो : उपाध्यक्ष पोखरेल

स्वतन्‍त्र पत्रकारितामाथि आक्रमणको नयाँ प्रवृत्ति देखियो : उपाध्यक्ष पोखरेल

काठमाडौं ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले नेपाली स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमणको नयाँ प्रवृत्ति देखिएको बताउनु भएको छ । उपाध्यक्ष पोख्रेलले यसको निन्दा गर्दै लेख्नुभएको छ, ‘यसरी डेभेलपरलाई प्रयोग गरेर समाचार ‘किल’गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही हुनु पर्दछ ।’ उपाध्यक्ष पोख्रेलले भनेका छन्, ‘प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाती संगठन नेपाल पत्रकार महासंघले यो बिषयलाई गम्भीरताका साथ लिन्छ र यो प्रवृत्तिलाई निर्मूल पार्नका लागि आफूलाई अग्रमोचाँमा उभ्याउँछ ।’ यो महासंघको परम्परा, दायित्व, बिशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय भएको पनि उहाँले बताउनु भएको छ

उपाध्यक्ष पोख्रेलले आफ्नो स्टाटसमा यस्तो लेख्नुभएको छः

स्वीकार गर्न नसकिने निन्दनीय घटना !

–    प्रेस तथा सम्पादकीय स्वतन्त्रताको पक्षमा एकताबद्ध भइ उभिऔं !

– काठमाण्डौ प्रेस अनलाइनमा भ्रष्टाचारसँग सम्बन्धित समाचार आयो ।

– बिहान समाचारमा जोडिएकाहरुको तर्फबाट समाचार हटाउन आग्रह भयो ।

– अनलाइनले हटाउन मानेन ।

– हटाउन नमानेपछि धम्की पनि दिइयो ।

– धम्कीपछि पनि सम्पादकीय टिम समाचार हटाउन तयार भएन ।

– एक्कासी त्यो समाचार डिलिट भयो । पेज खुल्ने टेक्स्ट चाहिँ डिलिट ।

– कसरी समाचार हट्यो भन्ने चर्चा, खोजी भयो ।

– दिउँसो त्यो अनलाइनको डेभेलपरले त्यो समाचार अनलाइनको सम्पादकीय टिमलाई जानकारी नदिएर हटाएको थाहा भयो ।

– अनलाइनले त्यो समाचारलाई रिपोष्ट ग¥यो ।

नेपाली स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमणको नयाँ प्रवृत्ति हो । यो सम्पूर्ण रुपमा निन्दनीय छ । यसरी डेभेलपरलाई प्रयोग गरेर समाचार ‘किल’गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही हुनु पर्दछ । प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाती संगठन नेपाल पत्रकार महासंघले यो बिषयलाई गम्भीरताका साथ लिन्छ र यो प्रवृत्तिलाई निर्मुल पार्नका लागि आफूलाई अग्रमोर्चामा उभ्याउँछ ।

यो महासंघको परम्परा, दायित्व, विशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय हो । मैले सो अनलाइनका प्रधानसम्पादक कसमस विश्वकर्मा र प्रवन्ध सम्पादक गोबिन्द पयिारसँग कुरा गरें । उहाँहरुले उच्च मनोबलका साथ आफ्नो कार्यलाई निरन्तरता दिइरहनु भएको छ । समारचारको रि–पोष्ट मात्र हैन, फलोअप पनि गर्ने जानकारी दिनुभएको छ

प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij