बुटवल -विश्वमा महामारीका रुपमा फैलिएको कोभिड—१९को संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन गरे पनि किसानहरुलाई भने बाली भित्र्याउने को लहबरी छ ।हिउदे बाली मसुरो, गहुँ, जहुँ, तोरीलगायतका अन्नहरु भित्राउन उनीहरुलाइ चटारो छ । कामकाजी किसानहरु आफ्नो खेतवारीमा काम गर्न व्यस्त छन् । ‘खेतवारीमा मसुरो, गहुँ, जहुँ, तोरीलगायतका अन्न बाली भित्रयाउन किसानहरु बिहान र साझ खेतबारीमै व्यस्त रहेको देख्न सकिन्छ ।
‘‘लकडाउनमा घरमै बस्नुपर्ने हो, तर खेतमा गहुँ, जहुँ, तोरीलगायत काटने बेला भएको छ के गर्ने खेतमा जान हाम्रो बाध्यता रहेको किसानहरुले बताएका छन उनीहरुको हिउदे बाली भित्राउने लहबरी रहेको छ यो बेलामा खेतारा नि नपाउने हुदा आपैm कसिनु पर्ने बताउनुहुन्छ । यो बेलामा काम गर्ने मान्छे बोलाउन गयो भने हामीलाइ पैसा भन्दा नि ज्यान प्यारो रहेको भन्दै नआएको बताउनु हुन्छ फर्साटिकट कि माया भटटराइ उहा भन्नुहुन्छबाली पाकेको छ, बाली स्याहर्नु पर्ने छ।
त्यस्तै बुटवल उपमाहानगरपालिका बाड नम्बर १२ घर भएकी बिमला गौतम बताउनु हुन्छ ।लकडाउन भए नि तोरी स्यहार्ने परयो पाकेर फुटी सक्यो हामी त परिवारका सवै सदस्यहरु मास्क लगाएर खेतीवाली स्याहार्न मा व्यस्त छौ । एकातिर बाली पाकेको र अर्कोतिर कोरोना भाइसरको संक्रमणको जोखिम बढ्ने हो कि भन्ने चिन्तामा किसानहरु रहेका छन् । ‘‘लकडाउन हाम्रो सुरक्षाको लागि हो, तर पनि बाली स्याहार्नु परयो हाम्रो समस्या छ अर्का किसान कृष्ण पराजुलीले बताउनहुन्छ।
किसानले लकडाउनमा धेरै दुरी फरक पारेर आफुहरु खेतवारीमा व्यस्त हुने गरेको बताउछन् । बुटवल उपमहानगरपालिकाका किसान नन्दकली खडका अहिले गहु बाली स्याहार्न मास्क लगाएर खेतवारीमा काम गर्ने गरेको बताउनुहुन्छ । ‘‘सवैले मास्क लगाएर खेतवारीमा जान्छौं, किनकि धुलोबाट पनि बच्ने र रोगको संक्रमणबाट पनि बच्न सकिने भएकाले मास्क लगाएर मात्रै बारीमा जान्छौं खड्काले भन्नुभयो ।
त्यस्तै हाल सवै परिवार घरमा जम्मा भएको र यही समयमा खेतमा गहुँ पाकेकाले बाली भित्याउन आफुहरु लागेको किसान माया पन्थीले बताउनुभयो। ‘‘जोखीम त छ, जोखीम भएपनि खेतवारीमा बाली पाकेको छ, संक्रमणको त्रासमा पनि बाली भित्याउनु पर्ने समस्या छ उहाले भन्नुभयो। किसानहरु कोरोनाको डरका बाबजुद पनि काम गर्न निस्केका छन ।
यसलाई कसैले पनि लकडाउन उलंघङ्न गरेको रुपमा नबुझ्न पनि उहाँले आग्रह गर्नुभयो । बरु किसानहरुले पनि हुलमुल र भिडभाड भने गर्न नहुने बताउदै उहाँले सबैले मास्क प्रयोग गर्ने र बेलाबेला साबुन पानीले हात धुने काम भने बिर्सन नहुने बताउनुभयो । उनीहरु जस्तै जिल्लाका सवै किसानहरुले घासपातका लागि संक्रमणको त्रास हुदाँ हुदै पनि खेतवारीमा जानुपर्ने बाध्यता रहेको हुन्छद ।सैनामैनाका सालझण्डीका बिस्नु शर्माले भने, ‘कोरोनाको त्रास मानेर पाकेको बाली कसरी बारीमै झर्न दिने, बालीनै भित्र्याउन नपाए के खाने भोकमरीको चेपटमा पर्नुभन्दा समयमै बाली भित्र्याउन ठिक हो ।’

उहाले कोराना भाइरसका बारेमा सबै जानकारी राखेको र गहुँबाली काट्न परिवार बाहिरका कसैलाई पनि नबोलाएको बताउनुभयो । ‘घरकैले मात्र काटिरहेका छौं,’ उहाले भन्नुभयो, ‘यो हावाबाट सर्ने भाइरस त होइन नी ।’ उहाले १० कठ्ठामा गहुँ लगाउनुभएको छ । बिस्नु’को परिवार पनि ५ जनाको छ ।
त्यस्तै किसानहरुले भने खेतवारीमा काम गरेपनि संक्रमणबाट बचन सामाजिक दुरी र व्यक्तिगत सरसफाईलाई भने ध्यान दिएको बताउछन् ।हुन त सरकारले पनि हिउदे खेती स्याहार्ने , हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह् कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्