मोतिपुर-
बुटवल उपमहानगरपालिका वडा नम्बर १७ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।
वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गलाई राहत वितरण सुरु गरेको वडाध्यक्ष सन्त बहादुर रानाले जानकारी दिनुभयो । उहाले आइतबार ३०० लाइ बितरण गरिएकोर सोमबार २०० जनालाई राहत वितरण गरिने र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिनुभयो।
रानाका अनुसार वडामा राहत लिनका लागि वडाले १२ वटा टोल बिकास संस्थाहरु मार्फत डाटा लिइ फारम बुझाउन आह्वान गरेको थियो । जसअनुसार वडा नम्बर १७ का अति बिपन्न ५०० जनालाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिँदै जाने बताउनुभयो ।
वडामा २०० परिवारलाई वकिल समाज बुटवलका अध्यक्ष कमल मलेगुले वडाको समन्वयमा सहयोग गर्नुभएको हो ।

राहत अन्तर्गत चामल, दाल, तेल, स्वाबिन, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।
यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो । जसअनुसार बुटवल उपमहानगरपालिकाले वडामा राहत बितरण गरिएको हो ।

वडाले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका , आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवार , दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका बिपन्न परिवारलाइ राहत बितरण गरिएको वडा नम्बर १७ का सचिब रेखा थापा शााहिले जानकारी दिनुभयो ।
राहत सामाग्री पाए संगै पिडित परिवारले खुशी ब्यक्त गरेका थिए ।वितरण कार्यक्रममा विभिन्न राजनितिका दलकप्रतिनिधी,सुरक्षाकर्मी,पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
यसैबिच
रोसनी मलेगु,ज्योती बैद्य, डा। चादनी बैद्यको बुवा गोबिन्द बियोगीको पुण्य स्मृतिमा व्किल समाज बुवलका अध्यक्ष कमल मलेगुको नेतृत्वमा वडाको मातहतमा रहेर नेकपा उपमहानगर कमिटिको पहल कदमीमा बुटवल उपमहानगरपालिकाका २ हजार घरधुरीमा राहत बितरण गर्नुभएको छ ।बुटवलको मापदण्ड अनुरुप वडा नम्बर १,२,३,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८ र १९मा विश्वभर फैलिएको कोरोना भारसका कारण सरकारले देशैभरि लगाएको लकडाउनको बेला खाधन्नको अभाव हुन नदिन अति विपन्न परिवारलाई उनीहरको अवस्था हेरेर सो सामाग्री वितरण गरिएको कमल मलेगुले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्