भैरहवामा प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु

भैरहवामा प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु

भैरहवा ।
रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।मुख्य उपकरण बायोसेफ्टी क्याबिनेटमा एयर सर्कुलेसनको सफल परीक्षण भएपछि सुरु भएको हो । राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको बिउ बिजन कार्यालय भवनमा प्रयोगशाला स्थापना गरिएको छ । अब एक घन्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने छ ।

Image may contain: one or more people and people standing
बायोसेफ्टी क्याबिनेटमा एअर सर्कुलेसनमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट अर्को मेसिन ल्याएर परीक्षण गर्दा सफल भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

Image may contain: one or more people
कोरोना जाँचका लागि स्थापना गरिएको प्रयोगशालामा पोर्टेबल पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने, प्रयोगशालामा कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबल समेत तयार भएको छ ।
पीसीआर र किटसहितको सामग्री चैत २० गते आए पनि मेसिन जडान लगायतका सबै काम आज मात्रै सकिएको हो ।
कोरोना जांचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माईक्रोबायोलोजिष्ट बिष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज बस्नेतको टोली आएको छ ।

Image may contain: one or more people

प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij