बुटवल । उच्च रक्तश्रावका कारण अस्पतालमा ल्याउँदै गर्दा एक गर्भवती महिलाको बाटोमै मृत्यु भएको छ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वार्ड नं ९ पाथ्रावाङ्ग अर्घा निवासि २९ बर्षिय देवी वि.क. काे अत्यधिक रक्तस्राव का कारण हिजाे साँझ मृत्युु भएकाे छ ।
गर्भाअवस्थामा रहेकि उनी उपचारकाे निम्ति अर्घाखाँची अस्पताल ल्याउदै गर्दा बाटाे मै उनकाे मृत्युु भएको हाे । देवीका श्रीमान कमल बि.क. राेजगारिका निम्ति भारतमा रहेका छन् भने उनकाे साथमा तीन वटि छाेरि थिए ।
अहिले उनी गर्भाअवस्थामा रहेकाे र याे भन्दा करिव २ महिना पहिले पनि सामान्य रक्तस्राव भै जिल्ला अस्पताल काे उपचार वाट निकाे भै फर्किएकाे उनका आफन्तले बताए ।
यसरी नै हिजाे चैत २३ गते साझ करिव ६:०० वजे वाट एक्कासि बिरामि भई रक्तश्राव भएकाे कारणले छिमेकिहरु जम्मा भएर गाडि बाेलाई तत्काल अस्पताल पठाईएकाे स्थानीय बसन्त बि.क ले बताउनु भयाे ।
अस्पताल पुराउँदा उनकाे मृत्युु बाटाेमै भईसकेकाे अर्घाखाँची अस्पताल प्रमुख डा.काेपिल गाैतमले बताउनु भयाे ।
प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्