बुटवल जेसीजद्धारा ८० परिवारलाई खाद्यान्न वितरण

बुटवल जेसीजद्धारा ८० परिवारलाई खाद्यान्न वितरण

बुटवल ।
बुटवल जेसीजले लकडाउनका कारण प्रभावित वर्गलाई ८५ हजार मुल्य बराबरको राहत सामग्री वितरण गरेको छ । बुटवल उपमहानगारपालिका वडा नम्वर ३ को सहर्ष पथ र वडा नम्वर १३ मा रहेको कुष्ठरोग आश्रममा खाद्यान्न वितरण गरिएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण दैनिक हातमुख जोड्ने समस्याले ग्रसित दैनिक ज्यालादारीमा मजदुरी गर्ने मजुदुर, श्रमिक, गरीव तथा आर्थिक रुपमा विपन्न सहर्ष पथका ८० परिवारलाई खाद्यान्न वितरण गरीएको बुटवल जेसीजले जनाएको छ । प्रत्येक घरधुरीलाई २० किलो चामल वितरण गरिएको बुटवल जेसीजका महासचिव हरिविक्रम कुवँरले जानकारी दिनु भयो । यस्तै कुष्ठरोग आश्रममा ४० किलो चामल वितरण गरिएको छ ।
दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत बन्धुत्वको भावना र मानवीयताको हिसावले खाद्यान्न वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष राजिव गौतमले जानकारी दिनु भयो । विहान बेलुका छाक टार्न समस्या भएका परिवारलाई दुइचार दिन भए पनि खानाको अभाव नहोस भनेर चामल वितरण गरिएको उहाँले बताउनु भयो । जेसीज जहिले पनि मानवताको सेवालाई प्राथमिकतामा राखेर हिड्ने संस्था भएकोले आगामी दिनमा पनि राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।
बुटवल जेसीजका अध्यक्ष राजिव गौतम, महाचिव हरिविक्रम कुँवर, बुटवल जेसीजका महासचिव हरिविक्रम कुवँर, कार्यकारिणि उपाध्यक्ष विनोद घिमिरे, आविश्कार खनाल, कार्यक्रम संयोजक छाया पोख्रेल, नेपाल जेसीजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरे, सल्लाहकार कृष्णदेव भण्डारी, वडा सदस्य सुमित्रा विक, टोल विकास समितिका सदस्य नामदेव न्यौपाने, समाज सेवि रामबहादुर कार्की, लेसमान श्रेष्ठ सहितको टोलीले राहत सामग्री वितरण गरेको हो ।

प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij