नवलपुर । पूर्वी नवलपरासीमा गएराति भएका सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ५ स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५२ प ३९८६ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक ५२ बर्षीय टकबहादुर गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति जिल्ला अस्पताल भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्