नवज्योति क्लबद्धारा समेत राहत बितरण

नवज्योति क्लबद्धारा समेत राहत बितरण

तिलोत्तमा / लकडाउनको कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. २ का ११७ परिवारलाई बिपन्न राहत वितरण गरेको अर्को दिन नवज्योति क्लबले वार्ड नम्बर १ मा समेत राहत बितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा बहालमा बसेका बिपन्न परिवारहरुलाई चामल १० के.जी.,दाल २ के.जी,तेलआधा लि.र नुन १ के.जी.राखी राहत वितरण गरिएको अध्यक्ष दिपेश कंडेलले बताउनुभयो।

तिलोत्तमा नगरपालिका तथा वडा नं.(२ का जनप्रतिनीधि दधिराम गौतम, तथा सल्लाहकार सुमन कंडेल , कार्यक्रम संयोजक इश्वरी भण्डारी, पुर्ब अध्यक्ष चन्द्रकान्त पाण्डे, सामाजिक अभियन्ता बिदुर तुफान, संचालक सागर भट्टराई लगायत क्लबका पदाधिकारी उपस्थितिमा स्थानिय टोल बिकास संस्थासंगको सहकार्यमा वार्ड नम्बर १ र २ का करिब ९१ घरधुरीमा बसोबास गर्नेहरुको विवरण टिपेर दुरी मापन गरि समयानुसार राहत वितरण गरिएको अध्यक्ष कंडेलले बताउनुभयो ।क्लबले तिलोत्तमा वडा न.१ का बाटिका टोल बिकास संस्थाका १७ परीवार,शान्तिमार्ग टोल बिकास संस्थाका ६ परीवार,नया चप्परहट्टी टोल बिकास संस्थाका २ परीवार,नवदुर्गाटोल बिकास संस्थाका ३ परीवार,वुद्द टोल बिकास संस्थाका ९ परिवार, न्यु लाईट टोल बिकास संस्थाका २ परीवार, सरस्वति टोल बिकास संस्थाका ९ परीवार,कपिल टोल बिकास संस्थाका १० परीवार, नमुना टोल बिकास संस्थाका २ परीवार,शिव चोक टोल बिकास संस्थाका ८ परीवार, प्रगति टोल बिकास संस्थाका २ परीवार, देवि स्थान टोल बिकास संस्थाका ४ परीवार, मिलन टोल बिकास संस्थाका ३ परीवार, कालिका टोल बिकास संस्थाका ५ परीवार, अमूल्य नगर टोल बिकास संस्थाका ९परीवार गरि जम्मा ९१ परिवारलाइ राहत वितरण गरिएको हो ।

सोमबार र मंगलबार गरि क्लबले २१० भन्दा बढी घरमा राहत प्रदान गरेको छ । तिलोत्तमा स्थित दुर्गादत्त माविको प्राङ्गणमा वितरण गरिएको राहत लिन समय अनुसार दुरी मापन गरि कोरोना र लकडाउनलाइ मध्यनजर गरि बाडिएको थियो । क्लबले तिलोत्तमा नगरपालिका भित्रका बिशेस गरि वार्ड नम्बर १ र २ मा समस्यामा परेका परिवार, बिद्यार्थी , मजदुर र राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारको लागि संकलित राहत पुनस् वितरण गर्ने अध्यक्ष दिपेश कंडेलले बताउनुभएको छ । उहाले यस राहत कार्यमा जुट्नुहुने सबै स्थानिय समाज, सुरक्षा निकाय , जनप्रतिनिधि, क्लबका सदस्य, सामाजिक अभियन्ता हरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij