काठमाण्डौँ ।
अमेरिका अमेरिकामा कोरोना भाइरसले भयावह स्थिती उत्पन्न हुन थालेको छ। संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको छ। जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकै दिन २ हजार जानको मृत्यु भएको हो। त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो। अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ। अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको छ।
फ्रान्समा एकै दिन ज्यान गुमाउनेको संख्या १४ सय भन्दा बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ। स्पेनमा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ भने ११ हजार ५९ जना नयाँ संक्रमित पुष्टिको छ। स्पेनमा मृत्यु हुनेको संखाय १४ हजार नाघेको छ।
इटालीमा संक्रमणबाट मृत्यु हुनेको संख्यामा कहीदिनदेखि कमी आएको छ। इटालीमा सबै भन्दा बढी १७ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेको छन्।
अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८२ हजार नाघेको छ भने संक्रमितको संख्या १४ लाख ३० हजार छ। विश्वमा लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्