लकडाउनको पूर्ण पालना गरी संक्रमण हुनबाट बचौ :मेयर केसी

लकडाउनको पूर्ण पालना गरी संक्रमण हुनबाट बचौ :मेयर केसी

विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा देवदह नगरपालिका पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ। देशव्यापी लकडाउनका अवस्थामा कोरोनाको रोकथाम एवम् नियन्त्रण सम्बन्धमा नगरमा भइरहेका गतिविधि लगायत आम जनमानसलाई स्पष्ट पार्ने लक्ष्यका साथ देवदह नगरपालिका प्रमुख हिरा बहादुर केसि संग फूलु सुनाले गरेको कुराकानी:

देवदह नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागी चालेको मुख्य कदम के-के हुन ?
हामीले प्रथम चरणमा हामिले सचेतना संंग जोडेर काम गर्‍यौ स्वास्थ्य शाखा,महिला स्वास्थ स्वयम सेवक दिदि बहिनि ,निर्बाचित जनप्रतिनिधि र यहाँ भएका संघ सस्था, टोल समिति, राजनितिक दल सबै संग छलफल गरेर जानकारी लिने र दिने काम पहिले चरणमा गरेका हौ ।

ब्रोसर निर्माण गरेर यस बारे जानकारी र यसबाट बच्ने उपायहरु के हुन भन्ने उपायहरु ब्रोसर निर्माण गरी प्रत्येक घरमा पुरायौ सचेतनाको तहमा त्यो काम गर्‍यौ,त्यस्तै पटक पटक बिभिन्न समिति उद्योगि ब्यापारी लगायत स्रंग छलफल गर्यौ यस संंग जुध्न हामि सबै तहले तयार भएर बस्न पर्छ भन्ने मानसिकताले  स्वास्थ्यकर्मीलाइ तालिम,सम्बाद,छलफल जानकारीहरु दिदै अगाडि बढ्यौ , जब कोरोना भाइरसको

संक्रमण अन्य मुलुकमा फैलदै गयो हाम्रो देशमा पनि यो स्थिति आउन सक्छ भनेर हामिले संक्रमित देशबाट या भारतबाट आउने नागरिकहरुको तथ्याङक लिन थाल्यौ,जो जो अन्य मुलुकबाट आउनुभएको थियो उहाहरुलाइ होम क्वारेन्टाइनमा बस्दा अपनाउन पर्ने नियमहरु बनायर २०० घरपरिवारलाइ स्वास्थ्यकर्मि पठाएर उहाहरुलाइ घरमै बस्ने वाताबरण निर्माण गर्यौ ।

त्यसको अनुगमनको निम्ती हामिले समुदायलाइनै जिम्मा दियौ ,त्यस्तै देवदह नगरपालिकाले ठुला कार्यक्रम नगर्ने ,बिद्यालयलाइ चैत्र ५ गते सम्म सबै खाले परिक्षा सक्न भन्यौ ,हाटबजारहरु बन्द गर्यौ, धैरै मान्छे आवत जावत हुने ठाउ बन्द गर्‍यौ, नगरपालिकाले बुद्ध जयन्ति संग सम्बन्धीत धेरै तयारी गरेका थियौ ,त्यस्तै काष्ठकलाको अन्तराष्ट्रिय गोष्ठि गर्ने भनेर धेरै तयारी गरेको थियौ यो सबै कार्य तत्काललाइ रोक्यौ ।

अहिले हामिले थप तयारी स्वास्थ्यकर्मीलाइ चाहिने पिपिइ स्थानिय तहबाट जुटायौ , प्रदेश र संघिय सरकारबाट हामिलाइ अहिले सम्म इक्प्युपमेन्ट प्राप्त भएको छैन तर स्थायिन स्रोतबाट हामिले तयारी गरि स्वास्थकर्मिको मनोबल उच्च राख्न यहाको स्वास्थ्य चौकि, निजि स्वास्थ्य क्लिनिक, मेडिकल कलेज र हामिले पनि मिलेर क्वारेन्टाइन निर्माण गरेका छौ ।
यसको तयारी रोकथामको लागि ११ गते बाट लकडाउन घोषणा भयो त्यसलाइ पुर्ण प्रभाबकारी बनाउन कार्यान्वयन गर्न प्रत्यक वडामा

माइकिङ गर्ने , निर्बाचित जनप्रतिनिधिले नियमन अनुगमन गर्ने ,प्रहरी प्रशासन परिचालन गर्ने र सबै नागरिकलाइ यसको पालना गर्न आह्वान गर्दै लकडाउनलाइ पुर्ण पालना गर्ने तहमा नगरपालिकाले काम गर्दै छ ।

कोरोना संंक्रमण भित्रन नदिनको लागि देशब्यापी लकडाउन जारी रहेको अबस्थामा दैनिक ज्याला मजदुरी गर्ने एबम अति बिपन्न परिवारलाइ राहत र सहयोगका कार्यक्रम के के छन ?
यसबाट प्रत्यक्ष असर पर्ने बर्ग समुदाय छ त्यसका लागि तत्काल राहत प्याकेज निर्माण गरि २७ सय २ घरलाइ १० किलो चामल २ किलो दाल ,नुन तेल र साबुन बितरण गर्यौ, बैशाख ३ गते सम्म लकडाउन लम्बीएको छ ,त्यसपछि पनि हुन सक्ने समयको आकलन गरेर दोस्रो चरणको राहत तुरुन्त बाड्ने भनेर मापदण्ड बनाइ वडालाइ भनिसकेको अबस्था छ यसमा टोल बिकास संस्थाका अध्यक्षहरु ,निर्बाचितवडा अध्यक्षहरु सदस्यहरुको भुमिका महत्वपुर्ण रहेको छ। हमिले माथिल्लो तहमा ब्यबस्थापन गरेका छौ र तल्लो तहमा वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्षहरुले काम गरेको अबस्था छ।

कोरोना कारण देखाएर कालोबजारी गर्ने क्रम पनि बढेको पनि सुनिन्छ ,यसको रोकथाम तथा नियन्त्रणको लागि के – के प्रयास भइरहेका छन ? अनुगमन कसरी भएको छ र?
हाम्रो नगरपालिकाले अनुगमन गर्ने निकाय बनाएका छौ ,कार्यपालिका सदस्य बिष्णु पाण्डेको नेतृत्वमा अनुगमन समिति छ,यस समिति मात्र नभएर नगर प्रमुख र उप -प्रमुख पनी नगरका सबै स्थानमा अनुगमनका लागि पुगेका छौ र उहाहरुलाइ हामी आग्रह ,खबरदारी गरेका छौ कतिपयलाइ कारबाहि र सचेत पनि बनाएर छोडेका छौ।अहिले अति आवश्यक उपभोग्य सामाग्रि बाहेक अरु सामाग्रि खरिद नगर्न पनि आग्रह गरेका छौर बेच्ने सामानमा खाद्य बस्तु र तरकारीमा मुल्यसुचि राख्ने बाध्यकारि नियमको ब्यबस्थालाइ अनुरोध गरेका छौ । ग्यासको सहज आपुर्ति्को लागि ज्ञास आपुर्ति गर्ने निकायहरु संग पनि छलफल गरेका छौ ,अहिले सम्म आपुर्तिका हिसाबले खाना पकाउने ग्यास देखि पसुपंक्षिका दानाहरु पनि सामाजिक दुरी कायम गरि उपलब्ध गराएका छौ।महगिं नियन्त्रण गर्नको निम्ती थुप्रै खालका गतिबिधि संचालन गरेका छौ ।

कोरोनाको जोखिम बढिरहेको अबस्थामा सामान्य रुघाखोकी ज्वरो साथै अन्य दिर्घरोगबाट समस्या परेको व्यतिmहरुले उपचार नपाएका भन्ने कुरा सुनिन्छ यस्तो गुनासोको सुनाइ कसरी गर्नुभएको छ ?

यो एकदमै सत्य कुरा हो ,हामिले जब कोरोना संक्रमणको कुराहरु सुन्यौ ,संक्रमण नभएकाहरुलाइ संक्रमणको दायरामा ल्याउन हुदैन भन्ने सोचेर स्वास्थ्यचौकिहरु मार्फत हामिले निश्चित केहि समयको लागि १५ दिन, १ महिनाको लागि होस घरकै निगरानीमा प्रेसरको औषधी,सुगरको र क्षयरोगको औषधीहरु हमिले पहिलै प्रदान गरेकको छौ ।

त्यस्तै गर्भवति महिला दिदि बहिनिको लागी क्याल्सीयम आइरन चक्कीहरु पनी ५,१० दिनमा आउन नपर्ने गरेर त्यहि तरिकाले ब्यबस्थापन गर्यौ र दिर्घरोगिहरुको सन्दर्भमा भिडभाड कम गरेर औषधीको ब्यबस्थापन गरेका छौ । ज्वरको बिरामिले औषधी नपाएको कुरा थुप्रै संचार माध्यममा आएको छ ,तर देवदहको सन्दर्भमा उच्च सतर्कता अपनाएर हामि संग भएको ब्यबस्था अपनाएर ज्वरोका बिरामिहरुको सबै स्वास्थ्य चौकिमा जाच भैरहेको छ र नगरबासिलाइ हामिले आग्रह गरेका छौ सामान्य अबस्था बाहेक जटिल परिस्थितीमा मात्र अस्पताल जानुपर्छ त्यसका लागि नगरबासिहरुलाइ सहजताको लागि टोल फ्रि नम्बर पनि राखेका छौ , त्यस्तै फोकल पर्सन घोषण गरेर सेवा उपलब्ध गराएका छौ ।

प्रमुख – उप प्रमुख हामि जति बेला पनि सक्रिय छौ हाम्रो स्वास्थ्य चौकिहरुमा लगभग दैनिक रुपमा ८० –९०जनाले स्वास्थ्य परिक्षण गराउनु भएको छ, देवदह मेडिकल कलेजले फिवर डेक्स नै खडा गरेर काम गरिरहेको छ र निजि तहबाट संचालन भएका क्लिनिकहरुले पनि सेवा प्रदान गरेका छन ।त्यस मानेमा देवदह नगरपालिका भित्र जटिल अबस्थाको सृजना भएको उपचार नभएको गुनासो छैन सामान्यतया हिजो जसरी उपचार भएको थियो त्यो भने भएको छैन किनभने हाम्रो नजिक पर्ने बुटवल चितवन लगायत स्थानमा सहज रुपले विशेषज्ञ डक्टरहरु उपलब्ध नभएको कारण केहि कठिनाइ सृजना भएको छ तर नगरपालिकाले प्रदान गर्दै आइरहेका क्षेत्रहरु छन तिनिहरुलाइ हामिले निर्बाध रुपले संचालन गरेका छौ,स्वास्थ्यकर्मीलाइ आफु सुरक्षित भएर सेवा दिनुहोस भनेका छौ र पटक –पटक स्वास्थ्य क्लिनिकहरुमा नियमन र अनुगमन गरेका छौ ।

कोरोना भित्रिएको अबस्थामा आवश्यक औषधी उपचार लगायतको ब्यबस्थापनको तयारी के छ ?

अहिले सम्म विश्वको परिदृश्यलाइ हेर्दा र डक्टरको भनाइ अनुसार कोरोनाको औषधी यहि हो भन्ने पुष्टि भैसकेको छैन ।हाम्रो तयारी दुरीलाइ कायम गर्ने ,जन सम्पर्क हुन नदिने, लक डाउनको पुण पालना गर्ने र कोरोना लक्षण भेटिएमा लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा पुराउने र स्वाब परिक्षण गर्ने ,नतिजा नआउदा सम्म आइसुलेसनमा राख्ने भन्ने नै हाम्रो तयारी हो ।

हामि क्वारेन्टाइन निर्माण गरेका छौ नयाँ कोहि ब्यतिm आए तोकिएको समय क्वारेन्टाइनमा राख्ने स्वाब परिक्षण गर्ने कार्य गरेका छौ ।कोरोनाको परिक्षण गर्नको लागि आवश्यक तालिम स्वास्थ्यकर्मिले लिएर आइसक्नुभएको छ ,अब १,२ दिनमा रेपिट किड टेष्ट हाम्रो क्वारेन्टाइनमा आइपुग्छ अनि नगरबासिको पहिलो चरणको परिक्षण गर्ने काम संचालन हुन्छ र अहिले विश्व स्वास्थ्य संगठनले पनि पटक पटक टेष्ट गर र त्यसले न्युनिकरणमा सहयोग पुग्छ भनेको छ ,स्रोत साधनहरु हामिलाइ प्रयाप्त रुपमा टेष्ट गर्न  छैनन ,यि किटहरु हामिलाइ संघिय सरकार र प्रदेश सरकारले गराउने हो अहिले प्रयाप्त मात्रमा उपलब्ध छैन तर यो प्रयाप्त मात्रामा हुनुपर्दछ ।हामि संग उपलब्ध भनेको क्वारेन्टाइननै हो त्यहाँ हाम्रो स्वास्थ्यकर्मिहरु रहनुभएको छ र सेवा प्रदान गरिरहनुभएको छ ।

अन्त्यमा संक्रमणको घडिमा नगरका जनतालाइ केहि भन्नुहुन्छ ?
नगरपालिकाको सबै संयन्त्र अहिले कोरोना संक्रमणको जुध्नका निमित्त सक्रिय भएर लाएको छ, हाम्रो सक्रियताले मात्र हुदैन नगरबासिको साथ र सहयोग बिना  कोरोना संक्रमण संगको जुधाइ छ ,त्यो कुनै पनि प्रकारको सरकारले चाहेर हुदैन देश बासिहरु नगरबासिहरुको साथ र सहयोगको आवश्यकता छ ।

त्यो आवश्यकता भनेको लकडाउनको पुर्ण पालना हो आजको यो परिस्थितीमा कुनैपनि बस्तुको सहज उपलब्धताको आशा राख्ने ,इच्छाहरु प्रकट गर्ने र त्यो सहज उपलब्ध होस भनेर हिडडुल र घुमफिर गर्ने बेला छैन ,हामि आफु भन्दा कमजोरलाइ सहयोग गर्दै लकडाउनको पुर्ण पालना गर्न म आग्रह गर्न चाहान्छु सामान्य तया बिहान हिडडुल गर्ने बेलुका खेल खेल्ने जमघट हुने परिपाटि बढेको छ।

यसलाइ न्युनिकरण गनुपर्छ ,विश्वबाट पनि हामिले पाठ सिक्नुपर्छ आर्थिक र भौतिक रुपले सम्पन्न मुलुकहरु यसको महामारी बाट बच्न सकेका छैनन जहा थुप्रै हस्पिटल संग जोडिएका स्वास्थ्य संग जोडिएका संरचना भएको देशले पनि त्यसलाइ चिर्न सकेको छैन ,छिमेकि मुलुक भारतमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै छ । त्यसकारण सबै सचेत भएर यो परिस्थीतिमा सामान्य जिवन यापनको निमित्त परेका कठिनाइहरुका लागि जति बेला पनि हामि निर्बाचित जनप्रतिनिधिहरु नगरबासिको सेवामा हाजिर छौ ,तर अहिले सहुलियत खोज्ने,इच्छा प्रकट गर्ने बेला होइन घरमा बसेर यो लकडाउनको पुर्ण पालना गरेर यो संक्रमण भुुमिका निर्भाह गनुपर्दछ, यसका लागि नगरबासिहरु,सबै राजनितिक दल,संघसंस्था,सरोकारवाला बौधिक व्यक्तित्व सबैलाइ म ब्व्यक्तिगत तर्फबाट र नगरको तर्फबाट अनुरोध गर्दछु।

प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij