कोरोना संक्रमितहरुको दुई दिनभित्र आउने रिपोर्ट नेगेटिभ देखिए डिस्चार्ज गरिने

कोरोना संक्रमितहरुको दुई दिनभित्र आउने रिपोर्ट नेगेटिभ देखिए डिस्चार्ज गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का दुई संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने बताउनुभयो।

दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने उहाँले जानकारी दिनुभयो। टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ ।

यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको छ भने अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij