बुटवल ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ३ ले राहत बितरणमा विभेद गरी बिपन्न मजदुरलाइ नै राहतबाट बञ्चित गरीएको भन्दै नगरपालिकाका प्रमुख र वडाध्यक्षलाइ ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना संक्रमणको जोखीम बढीरहेको बेला राहत बितरणमा राजनीति गर्न खोजीएको भन्दै काँग्रेसको ३ नम्बर वडा समितिले वडाध्यक्षलाइ ज्ञापन पत्र बmुझाएको हो । पार्टीका वडा सभापति रामकृष्ण पछाईले आइतबार वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउदै संकटको बेलामा सबै गरिब तथा बिपन्न परिवारलाई भेदभाव रहित तरिकाले राहत बितरण गर्न माग गर्नुभयो । राहत बितरणका लागि नाम संकलन गर्दा नै टोल विकासका संस्थाका पदाधिकारीहरूले राजनीतिक रूपमा विभेद गरी संकलन गरीएकाले राहत पाउनु पर्ने बिपन्न मजदुरले नपाएको तर राहत दिन नपर्ने अवस्थाका केही व्यक्तिहरूलाइ भने दिइएको भन्दै ध्यानाकर्षण गराइएको छ ।
यस अघि छुटाइएका बिपन्न मजदुर परिवारलाइ तत्काल राहत उपलब्ध गराउन पनि काँग्रेस वडा नं ३ ले माग गरेको छ । राहत बितरणमा विभेद भएको बिषयमा गत चैत २५ गते नै वडाध्यक्षलाई ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको भन्दै गरिबका नाममा राहतमा राजनीति गर्ने काम बन्द गर्न माग गरीएको छ । नगरपालिकाका मेयर शिबराज शुवेदीलाइ समेत बोद्र्धाथ दिइएको ज्ञापन पत्रमा राहतमा नाममा बाँडिएको तीन केजि चामल निकै कम भएको भन्दै त्यसलाइ बढाउन पनि माग गरीएको छ ।


प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्