काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि सरकारले लकडाउनको समय लम्ब्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतका अनुसार लकडाउनलाई बैशाख १० गते सम्म लम्ब्याउने तयारी सरकारको छ ।
आज बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको हो । सरकारले लकडाउन लम्ब्याएर बैशाख १० गते सम्म पुर्याए नेपालमा लकडाउनको एक महिना पुरा हुुनेछ । सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।
सोमबारसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन् । आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएका हुन् । हालसम्म प्रदेश नम्बर २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित फेला परेका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्