मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास बन्द

मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास बन्द

बुटवल

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण बन्द गरेको छ ।
सवारी पासको अत्यधिक मागले लकडाउन उल्लघन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका हो ।
लकडाउन प्रभावकारी पार्न बुधबार (बैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण बन्द गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनु भयो ।
लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij