काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) ले विश्वव्यापी रूप लिँदै जाँदा संसारभरिका मानिस यसको सङ्क्रमण आफूलाई पनि होला भन्ने आशङ्काले भयग्रस्त हुनु स्वाभाविक हो ।कोरोनाको अहिलेसम्म औषधि र खोप दुवै पत्ता लागिसकेको छैन । औषधि वा खोप पत्ता नलागेको अवस्थामा सङ्क्रमित भएर ज्यान नै जोखिममा कसले पारोस् ? तर कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढिरहे पनि उच्च जोखिममा रहेकाहरूको सङ्ख्या भने एकदम कम रहेको देखिएको छ ।
विश्वभर सङ्क्रमितहरूको सङ्ख्या २१ लाख ५९ हजारभन्दा धेरै छ, जसमध्ये गम्भीर बिरामी परेकाहरूको सङ्ख्या ५६ हजार ५ सय ७७ मात्र छ । यो सङ्ख्या उपचार गराइरहेका १४ लाख ८७ हजार सात सय ५२ जनाको चार प्रतिशत मात्रै हो । बाँकी १४ लाख ३१ हजार एक लाख ७५ जनालाई भने कोरोना भए पनि अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ ।
विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २१ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ४६ हजार सात सय ४३ जना निको भएका छन् । एक लाख ४५ हजार जनाको भने ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार ९ सय ३६ जनाको ज्यान गएको छ भने ९३ हजार पाँच सयभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
थप दुई हजार एक सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ३४ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ७७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २२ हजारभन्दा धेरै, स्पेनमा १९ हजारभन्दा धेरै, फ्रान्समा १७ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्