काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ । डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्। चीनको वुहान शहरमा जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिएको थियो। ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मापदण्ड कडाइका साथ पालना हुन्छ’, डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्
साथै डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् । अहिलेको अवस्थामा यो संख्या आँकलन गरिएको, तर यो संख्या केही परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्