नेविसंघद्वारा राहत वितरण

नेविसंघद्वारा राहत वितरण

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरूलाई राहत वितरण गरेको छ ।

संगठनको ५१औं स्थापना दिवसको अवसर पारेर नेविसंघले शनिबार काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न वितरण गरेको हो । नेविसंघका महामन्त्री दीपक भट्टराईले सानोठिमी क्याम्पस, कोटेश्वर क्याम्पसलगायत विभिन्न क्याम्पसमा अध्ययनरत झन्डै दुई सय विद्यार्थीहरुलाई खाद्यान्‍न वितरण गरेको जानकारी दिए ।

यसअघि गत बिहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले गत बिहीबारसर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस एकाइहरुलाई कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीलाई सहयोग गरेरस्थापना दिवस मनाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij