बुटवलमा क्रियाशील प्रतिपक्षी दलहरुद्वारा सरकारको ध्यानाकर्षण

बुटवलमा क्रियाशील प्रतिपक्षी दलहरुद्वारा सरकारको ध्यानाकर्षण

बुटवल

बुटवलमा क्रियाशील प्रतिपक्षी दलहरुले राहत वितवरण र सडकमा अलपत्र परेकाहरु व्यस्थापन गर्न नसेको भन्दै सरकारको विरोध गरेका छन् ।

 लकडाउनका बीच बुटवलमा आज यहाँका प्रतिपक्षी दलहरूको बसेको  बैठकले रातह वितवरण र पैैदल यात्रुहरुको समस्या समाधान गर्न नसकेकोमा विरोघ गर्दै तत्काल व्यवस्थापमा ध्यान आग्रह गरेको छन् ।

बैठकले बुटवल उपमहानगरपालिकाभित्र राहत वितरण गर्दा व्यवस्थित र नियमित नभएको व्यापक जनगुनासो आएको हुँदा ज्यालादारी काम गर्ने मजदुरहरू , न्यून आय भएका विपन्न परिवारहरू र भाडामा बसेका विद्यार्थीहरू लगायत कोही पनि भोको नरहने गरी  बिना पूर्वाग्रह व्यवस्थित र नियमितरूपमा राहत वितरण गर्न माग गरेको बैठकपछि जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

लक डाउनको अवस्था र कोरोनाको संक्रमणलाई ध्यानमा राखी शारीरिक दुरी कायम वसेको बैठकमा नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेय, नेमकिपा जिल्ला अध्यक्ष, हरिसुन्दर बासी, राजमो नगर अध्यक्ष तुलसीराम शर्मा,  साजमु नगर अध्यक्ष थर्क बहादुर बाह्रघरे,  राप्रपा नगर अध्यक्ष निरज प्रताप खाँण,  राजपा  नगर संयोजक राजेन्द्र अग्रहरी, नेकपा क्रान्तिकारी माओवादी नगर अध्यक्ष मान बहादुर कुवँर, समाजवादी पार्टी नगर अध्यक्ष,  नेकपा माले नगर अध्यक्ष भरत पराजुलीले लगायतले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन् ।

उनीहरुले लकडाउनको कारण सडकमा अलपत्र परेका यात्रुहरूलाई व्यवस्थापन गर्न सरकारका सबै निकायहरूको भूमिका प्रभाकारी नदेखिएको हुँदा यात्रुहरूको खानपिनसहित उचितव्यवस्थापन गर्न माग गरेका छन् ।

यस्तै सीमानामा आएर अलपत्र परेका नेपालीहरूलाई नेपाल प्रवेश गराइ आवश्यक व्यवस्थापन गर्न जोडदार माग पनि गरेका छन् ।

यस्तै कोरोना भाइरस नियन्त्रण जोखिम बढेको कारण लकडाउन अवधिभरि भारतीय कृषि उपज सामग्री आयत पूर्णरूपमा बन्द गर्न र स्वदेशी कृषि उपजको आवागमन सहज बनाउपर्ने उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij