दाङ ।
दाङमा एकनाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली भेटिएको छ । वनको गस्ती टोलीले बबई गाउँपालिका ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने बारुद, २ थान सिसा गोली, १ थान गोली बेरिड, २ थान बेलनाकार बेरिङ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
यस क्षेत्रमा चोरी सिकारी हुने गरेको सुराकीका आधारमा शुक्रबार पुरनधारा सव डिभिजन वन कार्यालयबाट गएको वन गस्ती टोलीले सिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताए ।
वन गस्ती टोलीलाई देखेपछि सिकारी बन्कुद फालेर भागेको हुनसक्ने उनले बताए । घटनालगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ती टोली र पुरन्धारा सव डिभिजन वन कार्यालयको गस्ती टोलीले वन क्षेत्रमा खोजी गर्दा सिकारीले वन्य जन्तु मार्नका लागि लुक्न बनाएका छाप्रा समेत फेला पारेको सहायक वन अधिकृत सिद्धान्त बरालले बताए ।
कोरोनाको माहामारीमा पनि डिभिजन वन कार्यालयले रात्रि र दिउँसोको समयमा विभिन्न गस्ती समूह बनाएर वनमा परिचालन गरेको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्