विश्वका विभिन्न देशमा कोरोना भाइरस बाट २३ लाखभन्दा धेरै सङ्क्रमि

विश्वका विभिन्न देशमा कोरोना भाइरस बाट २३ लाखभन्दा धेरै सङ्क्रमि

काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् ।

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij