JanataToday.com

Advertisment

SKIP THIS

कालिगण्डकी सहकारी द्धारा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग

कालिगण्डकी सहकारी द्धारा प्रकोप व्यवस्थापन कोषमा २५ हजार सहयोग

तिलोत्तमा- कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ३ ले ‘कोभिड १९’ नियन्त्रणका लागि सहयोग गरेको छ।
तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपियाँ अाइतबार जम्मा गरेको सहकारीका अध्यक्ष यज्ञप्रसाद सापकोटाले जनाकारी दिनुभयो ।
‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण रोकथामका लागि सानो सहयोग होस भनेर सहयोग गरेका हौँ ।’ उहाँले भन्नुभयो । सहकारीले समाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।
तिलोत्तमा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष मार्फत सो रकम कोषमा जम्मा गरिएको छ । चेक ग्रहण गर्दै वडा न. ३ का वडा अध्यक्ष टंक तिवारीले विपदको समयमा संघ संस्थाहरुले सदासयता देखाउनु सकारात्मक पक्ष भएको बताउनु भएको छ। उहाले यस प्रकारका सहयोगले नै नगरपालिका राहतको कार्य गर्न सक्षम हुने बताउनु भयो ।
सहकारीले नियमित बचतका साथै रक्तदान, स्वास्थ्य कार्यक्रम , सहकारी शिक्षा लगायतका कार्यक्रम गर्दै अाएको छ ।

 

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij