तिलोत्तमा नगरपालिकाद्धारा निर्माण क्षेत्रका मजदूरलाई उद्दारगरि बसमा घर पठायो

तिलोत्तमा नगरपालिकाद्धारा निर्माण क्षेत्रका मजदूरलाई उद्दारगरि बसमा घर पठायो

बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण क्षेत्रमा कार्यरत करिव दुईसय श्रमिकलाई उद्दार गरी घर पठाएको छ । लकडाउनका कारण समस्यामा परेका निर्माण क्षेत्रका मजदूरलाई नगरपालिकाले नै गाडीको व्यवस्था गरी घर पठाएको हो ।
बर्दिया, दाङ, कैलाली लगायत पश्चिम क्षेत्रका मजदूरहरुलाई आइतबार बेलुका ६ बजे चारवटा बसको व्यवस्था गरी घरतर्फ पठाइएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनु भयो । नगरपालिकाले उद्दार गरी घरतर्फ पठाएपछि मजदूरहरु खुशी हुँदै गन्तव्यतर्फ लागेका छन् । तिलोत्तमा नगरपालिकाले बर्दियाका लागि लु १ ख ८५८२ नम्बरको बसमा १२ जना बच्चासहित ५७ जनालाई पठाएको छ भने दाङका लागि लु २ ख ४४१ र लु १ ख ९९८८ नम्बरको बसमा ११ बच्चासहित ६४ जनालाई घरतर्फ पठाएको छ । त्यस्तै कैलालीका लागि लु १ ख ८६७५ नम्बरको बसको व्यवस्था गरी ६१ जनालाई घर पठाइएको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
उनीहरुलाई गन्तव्यसम्म पु¥याउने सबै खर्च नगरपालिकाले व्यहोरेको छ । तिलोत्तमा नगरपालिकाका १७ वटै वडाका वडाध्यक्षहरुले संकलन गरेको विवरणका आधारमा करिव दुईसय श्रमिकलाई उद्दार गरी सुरक्षित रुपमा घरतर्फ पठाइएको नगरप्रमुख घिमिरेको भनाइ छ । नगरपालिकाले गरेको सहयोगप्रति मजदुरले धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij