स्वदेश फर्किएका युवालाई उद्यममा संलग्न गराएर देशमै रोजगारी दिन कार्यदल गठन

स्वदेश फर्किएका युवालाई उद्यममा संलग्न गराएर देशमै रोजगारी दिन कार्यदल गठन

काठमाण्डाै – वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई उद्यममा संलग्न गराएर देशमै रोजगारी दिन कार्यदल गठन भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलले विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्नको लागि कार्यदल गठन गरेको हो ।

कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहनेछन् । साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्गठनहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधि पनि रहने छन् ।

कार्यदलले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्नेछ । यस्तै विषेश योजना कार्यान्वयन गर्न लगानी गर्नपर्ने स्राेत र साधन परिचालनको प्रस्ताव गर्नेछ । कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij