स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

काठमाडौं-सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको बताए । प्रहरी अधिकृत कसैले स्वेच्छिक रुपमा कोषमा तलब काटेर जम्मा गर्न सक्ने तर अनिवार्य नहुने उनले बताए ।

सरकारले गठन गरको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीन देखि ७ दिनसम्मको तलब कट्टा गरेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij