भैरहवा ।
नोभल कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण फैलिन नदिन संसार लकडाउन भईरहेको बेला सीमावर्ति सिद्धार्थनगर पालिका भैरहवाले अहिले सम्म विभिन्न महत्वपुर्ण काम गरेको छ ।
नगरपालिकाले एक चरणको राहत बितरण सकेर पुनः अर्को चरणको राहत वितरणकोलागी तथ्यांक अध्यावद्यि गरिरहेको छ । यसैगरी नगरले दुइवटा क्वारेन्टाइनमा रहेका भारतीय र नेपाली नागरिकको खानपीन र स्वास्थ्यमा प्रबन्ध मिलाउने सहित मुख्यतया १३ बुदें काम गरेको नगरका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।
विपत व्यवस्थापन समितीका सदस्यसचिव ईन्जिनियर यमलाल पान्डेका अनुसार कृषकहरुलाई खेति स्याहार्ने कार्यका लागि मेशिनहरु प्रयोग गर्न वडा कार्यालय, नगरकार्यपालिकाबाट सहज अनुमतिको व्यवस्था मिलाइएको तथा नगरपालिकामा रहेको भिम अस्पतालमा प्रदेश सरकारबाट हाल ३५ बेडको क्षमताको कोरोना उपचार कक्ष निर्माण भइरहेको र हालसम्म २७ बेड तयार भएको सो मध्ये ५ वेडको आइ सि यु सेन्टर स्थापना भएको समेत बताए । लकडाउन शुरु भएयता सिनपाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरमा सबैको सहकार्यमा चौबिसै घन्टा खटिएर काम गरिरहेको नगर उप्रमुख उमा काफ्लेले बताईन् । नगरले अहिले सम्म गरेका कामहरु ः
कोरोना भाइरसको संक्रमण फैलिए पश्चात् सिद्धार्थनगर नगरपालिकाले बिभिन्न निकायहरुसँगको सहकार्यमा सम्पादन भएका मुख्य मुख्य कार्यहरु
ज्ञ० सिद्धार्थनगर नगरपालिका भारतीय सिमासँग जोडिएको कारण बेलहिया स्थित सिमा नाकामा नगरपालिकाको स्वास्थ्य हेल्थडेस्क स्थापना भइ माघ १६ गते देखी नै नियमित रुपमा चेकजाँचको व्यवस्था मिलाइएको छ ।
१ हेल्थडेस्क स्थापना पश्चात् शुरुका दिनहरुमा बेलहियाका स्थानीय समाजसेवीहरुबाट हेल्थडेस्क व्यवस्थापन, सेनिटाइजरको व्यवस्था, अलपत्र परेका व्यक्तिहरुका लागि खाना, खुवाउने तथा गन्तव्यमा पुर्याउने लगायतका अन्य बिभिन्न कार्यहरुमा सहयोग गर्नुभएको । सो कार्यमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबाट निरन्तर सहयोग प्राप्त भएको छ ।
२ नगरपालिका भित्र दुईवटा क्वारेन्टाइन स्थापना गरिएको छ । दुवै क्वारेन्टाइनमा नेपाली सेनाबाट सुरक्षा प्रदान गरिएको छ भने स्वास्थ्य जाँच नगरपालिकाको समन्वयमा भएको छ । प्रतिमान निमा प्रतिष्ठानमा स्थापना गरिएको क्वारेन्टाइनमा मिति २०७६।१२।१८ देखी १५६ जना भारतीय नागरिकहरु रहेकोमा हाल १५४ जना रहेका छन् । ती व्यक्तिहरुलाई मायादेवी च्यारिटेवल फाउण्डेसनसँगको सहकार्यमा बिहान बेलुकी खाना खुवाइएको छ । सो बाहेक अन्य सबै व्यवस्थापन नगरपालिकाले गरेको छ ।
अर्को तर्फ शिक्षा तालिम केन्द्रमा स्थापना भएको क्वारेन्टाइनमा हालसम्म सिद्धार्थनगर, मायादेवी लगायत रुपन्देही, पाल्पा, गुल्मी, बाग्लुंग, झापा, स्याङजा जिल्ला तथा भारतीय नागरिक गरी ८१ जना व्यक्तिहरु बसिसकेका । ती मध्ये १४ दिन पुरा भइ कोरोना र्यापिड किड मार्फत चेक जाँच गरी ल्भनबतष्खभ भएका ५५ जनालाई घर पठाइको । कोरोना र्यापिड किड मार्फत चेक जाँच गर्दा कसैको पनि एयकष्तष्खभ च्भउयचत नआएको ।
दुवै क्वारेन्टाइन संचालनका लागि दैनिक रुपमा करिब ६० देखी ७० हजारसम्म खर्च भइरहेको छ ।
३ नगरपालिकामा कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार कोष स्थापना भइ एकद्वार प्रणाली मार्फत मिति २०७७।१।७ गते दुई बजेसम्म रु. ३५ लाख १७ हजार १११ रुपैया रकम जम्मा भएको छ । प्रदेश सरकारबाट रु २० लाख प्राप्त हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नगर कार्यपालिकाको मिति २०७७।१।२ को बैठकबाट कोषमा रकम कम भएकोले चालु आ.ब. का बिभिन्न कार्यक्रमका लागि विनियोजित भएको रकम मध्ये कट्टा गरी थप ६० लाख रकम कोषमा राख्ने निर्णय गरेको छ । कोषको परिचालन र राहत वितरणका कार्यहरु उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, नागरिक समाज, बैंकर्स एशोसियशन, समाजसेवी समेतको राय सल्लाह, सहभागितामा संयुक्त रुपमा कार्यहरु भैरहेका छन् । जिन्सी सामग्रीको रुपमा प्राप्त सामग्रीहरु पनि एकद्वार प्रणाली मार्फत नै खर्च गरिएको छ ।
४ हालसम्म प्राप्त बिल बमोजिम कोषबाट पहिलो चरणको लागि राहत खरिदका लागि चामल, दालको खरिद तथा क्वारेन्टाइनका लागि रु. १२,०७,२८२।– खर्च भएको छ । अन्य रकम भुक्तानीका क्रममा रहेको छ ।
५ नगर कार्यपालिकाको मिति २०७६।१२।१४ र कोष संचालन समितिको मिति २०७६।१२।१३ को निर्णय बमोजिम नेपाल सरकारको मापदण्ड नआउँदै २०७६ चैत्र १६ गतेदेखि नै नगरपालिकाले देहाय बमोजिम गरिब, श्रमिक, असहायका लागि १७४२ परिवारलाई राहात वितरण गरिसकेको छ ।
१. दाल ः १ किलो,
२. नून ः १ किलो,
३. खानेतेल ः १ लिटर,
४. चामल ः १—४ जना संख्या भएका परिवारका लागि ५ कि.लो.,
५—९ जना संख्या भएका परिवारका लागि १० कि.लो.,
१०—१५ जना संख्या भएका परिवारका लागि १५ कि.लो.,
१५ जना भन्दा बढि संख्या भएका परिवारका लागि २० कि.लो. ।
७ दोश्रो चरणको राहत वितरणका लागि नेपाल सरकारले तय गरेको नमूना मापदण्डलाई आधार मानी नगरपालिकाले स्वीकृत गरेको असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत वितरण सम्बन्धी कार्यविधि, २०७७ बमोजिम हाल वडा कार्यालयहरुबाट विवरण संकलनको काम भइरहेको छ ।
८ नगर क्षेत्रका मुख्य बस्तीमा एकपटक क्लोरिन र ब्लिचिङ्ग पाउडर मिसाइ म्ष्कष्लाभअतष्यल औषधी छर्ने काम सम्पन्न भएको छ । यो कार्य आवश्यकतानुसार निरन्तर गरिनेछ ।
९ कृषकहरुलाई खेति स्याहार्ने कार्यका लागि मेशिनहरु प्रयोग गर्न वडा कार्यालय, नगरकार्यपालिकाबाट सहज अनुमतिको व्यवस्था मिलाइएको छ ।
१० नगरपालिकामा रहेको भिम अस्पतालमा प्रदेश सरकारबाट हाल ३५ बेडको क्षमताको कोरोना उपचार कक्ष निर्माण भइरहेको र हालसम्म २७ बेड तयार भएको सो मध्ये ५ वेडको आइ सि यु सेन्टर स्थापना भएको छ ।
११मास्क, सानिटाइजर, एएभ्, ग्लोब्सहरु पर्याप्त मात्रामा पाउन सकिएको छैन ।
१२ कोरोना भाइरसबाट सिर्जित विपद् व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राजनीतिक दलहरु, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग व्यापार संगठन, बैंकर्स एशोसियसन, रेडक्रस, स्थानीय समाजसेवी, एम्बुलेन्स चालक, संचारकर्मीहरु लगायत बिभिन्न संघ÷संस्था र नगरबासीहरुबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको छ ।
१३ कोरोना भाइरसबाट उत्पन्न विपद्लाई उचित व्यवस्थापन गर्न सबै वर्ग समुदाय, राजनीतिक दलहरु, सरकारी एवं गैरसरकारी संस्था, विद्वत वर्ग, संचारकर्मी, नगरबासी एवं सरोकारवालाहरुबाट प्राप्त आर्थिक, भौतिक, नैतिक सहयोग प्रति उच्च सम्मान गर्दै यस गम्भिर परिस्थितीको सामना गर्नका लागि निरन्तर सहयोग प्राप्त हुने अपेक्षा लिएका छौं ।
धन्यवाद !
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्