बुटवल
नोभल कोरोना भाइरसका कारण विश्वभर फैलिएको महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले गदाँ दैनिक काम गरि साँझ विहानको जोहो गर्नेहरुलाई समस्या परेको भन्दै द्यौलागिरी बहुउद्देशीय सहकारी संस्था लिको भगिनीे संस्था सिस्टर शोसाईटी बुटवल ११ देविनगरले आफना वडाका असहाय परिवारलाई राहात खाद्य सामाग्री प्रदान गरेको छ । मंगलवार शोसाईटिकी वडा अध्यक्ष रिता केसीको पहलमा एकल महिलाहरु पवित्रा खनाल, प्रभा अर्याल, स्थानिय रिता श्रेष्ठ, हिरा थापा, सानी राना, तुल्सी चिदी ,ईन्दिरा राना लगायताको सहयोगमा वडाका ४२ घरपविारलाई राहात सामाग्री प्रदान गरिएको हो । द्यौलागिरी बहुउद्देशीय सहकारी संस्था लिका अध्यक्ष गोविन्द खनालको आथिथ्यतामा राहात सामाग्री प्रदान गरिएको हो । राहात सामाग्री प्रदान गदै अध्यक्ष खनालले सक्नेले नहुनेहरुलाई सहयोग गर्नु नै मानविय सेवा भएकाले यस्ता कार्यक्रम मुलुक भरी संचालन गर्नका लागि प्रेणा दायी हुने धारणा राख्नु भयो । शोसाईटिकी अध्यक्ष केसीले लकडाउनका कारण काम गर्न नपाउदाँ दुखपाएकाको घरमा चुलोवाल्न केही भएपनि राहात पुग्ने अभिप्रायले खाद्य सामाग्री प्रदानगरिएको बताउनु भयो । राहात सामाग्री बुभ्न आएकाहरुले स्थाननिय टोलका सामाजिक अभियान्ताहरुले गरेको सहयोगले आफुहरुलाई ेकहीभयपनि राहत मिलेको भन्दै खुशि भएका थिए । राहात सामाग्रीमा चामल, तेल ,नुन र सावुन प्रदान गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्