बुटवल –रुपन्देहीको सैनामैनामा रहेको स्टार स्पोर्ट्स क्लब सैनामैना ७ लम्टियाले सामाजिक कार्य गरेको छ ।
विश्वभर कोरोना महामारीका रुपमा फैलिरहेको र सोका कारण रगत अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भनी आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरको क्लवका अध्यक्ष खेमराज पोखरेलले बताउनु भयो ।
कृष्ण ज्ञवालीको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ५ का महासचिव कृष्ण पगेनी सामाजिक अभियान्ता लेखनाथ भण्डारी लगाएतले सहजिकरण गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा २३ जना नयाँ रक्तदाताले रक्तदान गरेको पनि संयोजक ज्ञवालीले बताउनु भयो ।
पहिलो पटक रक्त दान गर्नेहरुले आफुहरुलाई क्वले रक्तदानको महत्वका वारेमा जानकारी गराएपछि उत्साहित भएको बताएका थिए ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्