कोरोना नियन्त्रणमा स्थानीय सक्रीय

कोरोना नियन्त्रणमा स्थानीय सक्रीय

 

तिलोत्तमा ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै तिलोत्तमा ३ को गौतमबुद्ध टोलका दुइ सय घरधुरीका लागि मास्क र सेनेटाइजर वितरण गरिएको छ गौतमबुद्ध टोल विकास संस्था, स्मृति बोडिङ्ग स्कुल र जनहित महिला आमा समूहले झन्डै ४० हजार बरावरको मास्क र सेनेटाइजर वितरण गरेका हुन् । टोल विकास संस्थाका पदाधिकारी, आमासमूहका पदाधिकारी तथा स्मृति बोडिङ्गका प्राचार्य सहितको टोलीले घरघरमा पुगेर मास्क र सेनेटाइजर वितरण गरेको टोल विकास संस्थाका अध्यक्ष ज्ञानु आत्रेयले जानकारी दिइन् । स्थानीय स्तरमा केही भए पनि सचेतना अभिवृद्धि होस् भन्ने उद्देश्यले यस प्रकारको कार्य गरिएको स्मृति बोडिङ्ग स्कुलका प्राचार्य हरि ज्ञवालीले बताए । ‘हामी समाग्री बाढ्ने मात्र नभइ लकडाउनको पालन गर्न आग्रह पनि गर्दै हिडेका छौँ । यसरी गरिएको अग्रहले खुकुलो हुन खोजेकाहरुलाई घरमा बस्न उत्प्रेरण दिने विस्वास लिएका छौँ ।’–उनले भने ।
एक घर परिवारका लागि ३ वटा मास्क र एक बोतल सेनिटाइजरका दरले पहिलो चरणमा वितरण गरिएको जनहित महिला आमा समूहका अध्यक्ष सारदा पाठकले बताइन् । आमा समूहले समाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको उनको भनाई छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij