शिक्षा पत्रकारद्धारा ‘भर्चुअल प्रेस मिट सुरु लकडाउनमा स्कुल चलाउने प्रदेश ५ सरकारको योजना !

शिक्षा पत्रकारद्धारा ‘भर्चुअल प्रेस मिट सुरु लकडाउनमा स्कुल चलाउने प्रदेश ५ सरकारको योजना !

बुटवल ।
शिक्षा पत्रकार समूहले कोरोना भाईरसका कारण मुलुक लक डाउनमा रहेका बेला शिक्षाका समसामयिक बिषयबस्तुमा सरोकारवाला र सञ्चारकर्मी बिच सम्बाद गराउन ‘भर्चुअल प्रेस मिट’ सुरु गरेको छ ।
यो शृंखलाको पहिलो अन्र्तक्रिया ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ बारे आज गरिएको छ । ‘भर्चुअल प्रेस मिट’मा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, उपसचिव थानेश्वर ज्ञवाली, काठमाण्डौ, बुटवल, दाङ र नेपालगन्जका झण्डै दुई दर्जन पत्रकारहरु सहभागी भएका छन मन्त्री बरालले कक्षा १ देखि ९ सम्मका परिक्षा लिईसकिएकाले नतिजा प्रकाशनका लागि तयारी भईरहेको बताउनुभयो । विभिन्न कारणले परिक्षा संचालन गर्न र सहभागी हुन नसकेका विद्यार्थीका लागि अर्धबार्षिक परिक्षाका नतिजाका आधारमा नतिजा निकाल्नेबारे छलफल भईरहेको पनि उहांले बताउनुभयो ।

स्थगित रहेको एसईई र कक्षा ११ र १२ का परिक्षा संचालनका लागि होमसेन्टर तोक्ने र थोरै परिक्षार्थी राख्ने वा विज्ञान, अंग्रेजी, गणित जस्ता महत्वपूर्ण विषयको मात्रै परीक्षा लिनेबारे संघीय सरकारसंग छलफल चलिरहेको पनि मन्त्री बरालको भनाई थियो ।

परिक्षा संचालनका विभिन्न विकल्पबारे प्रदेश र स्थानीय तहमा पनि शिक्षक, स्थानीय तह र विज्ञहरुसँग छलफल गरिरहेको मन्त्री बरालले जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्र सुरु भईसक्दा पनि कक्षा संचालन हुने स्थिती नरहेकाले प्रदेश ५ सरकारले अनलाईन कक्षा संचालन गर्न तयारी गरिरहेको जनाएको छ ।

अन्र्तक्रियामा मन्त्री बरालले भन्नुभयो, “अनलाइन कक्षाका लागि मोबाइल एप, सामाजिक संजाल वा रेडियो कुन विधि व्यवहारिक, वैज्ञानिक र प्रभावकारी हुन्छ बुझ्दैछौं । होमवर्क समेत हेर्न मिल्नेगरी एप बनाउन लागिएको छ । लक डाउन लम्बिँदै गए एक महिनाभित्र कक्षा संचालन गर्नेगरी तयारी हुँदैछ ।”

गाउँमा अझै पनि इन्टरनेटको पहुँच नपुगेकाले ग्रामिण क्षेत्रसम्म सेवा बिस्तार गर्न नेपाल टेलिकम लगायत सेवा प्रदायकलाई सुझाब दिइएको पनि उहांले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेश ५ मा करिब ४ हजार ७ सय सामुदायिक र १ हजार १ सय संस्थागत निजी विद्यालय संचालनमा छन् । ती विद्यालयमा झण्डै ११ लाख विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij