काठमाण्डौ – आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परिक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।आज भेटिएका विरामीको आइसोलेशनमा उपचार भईरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्