भेरहवा
लकडाउनपछि भारतका विभिन्न स्थानबाट सीमामा आएर भारतीय क्वारेन्टाइनमा बसेका झन्डै एक सयजना नेपाली आज देश प्रवेश गरेका छन् । केन्द्र सरकारले सीमाको क्वारेन्टाइनमा बसेकाबारे निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिएपछि उनीहरुलाई ल्याउने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनु भयो।२५ दिन पहिले सीमामा आएका उनीहरुलाई भारतको नौतनवा को क्वारेन्टाइनमा राखिएको थियो। ’यसरी आउनेको सीमामा नै आरडिटी टेस्ट गरिन्छ। नेगेटिभ आउनेलाई आफ्नै जिल्ला गएर १४ दिन क्वारेन्टाइन बस्नेगरी पठाइन्छ। कसैको पोजेटिभ आयो भने बुटवलको कोरोना अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं,’ प्रजिअ पन्थले भन्नु भयो।
नौतनवा ३ बटा विधालय मा रहेको क्वारेन्टाइनमा ३ सय ३५ जना नेपाली बस्दै आएका थिए। भारतमा रहेका नेपालीहरु नेपाल फर्किए पनि नेपालतर्फ रहेका भारतीय नागरिकहरुबारे अझै पनि केही निर्णय हुन सकेको छैन ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्