लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज बस्दैछ । लकडाउनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न समितिको बैठक आज ११ बजे सिंहदरबारमा बोलाइएको हो ।तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गतरातिदेखि सकिने भएकाले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति बैठकले लकडाउन थप सम्बन्धी निर्णय गर्ने तयारी गरेको छ । यो पटक लकडाउन सरकारले केही खुकुलो बनाउने अपेक्षा गरिएको छ ।मन्त्रिपरिषदको हिजोको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मेवारी समितिलाई दिएको थियो ।

संसदीय समितिले समेत शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन सरकारलाई सुझाब दिएको छ ।कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने समितिको भनाइ छ ।सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै एक महिनादेखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्ध लगाउदै आएको छ ।

चैत्र ११ गतेदेखि लकडाउन सुरु गरिएको थियो । यो विचमा दुईपटक यसको समय लम्बाएर बैशाख १५ गतेसम्म पुर्‍याइएको थियो । अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण देखिएकाले यसलाई लम्बाउने सरकारको तयारी छ । संक्रमितमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij