सभापति शाह द्रारा मुस्लिम समुदायको रमजान पर्वको शुभकामना व्यक्त

सभापति शाह द्रारा मुस्लिम समुदायको रमजान पर्वको शुभकामना व्यक्त

बुटवल ।
सार्बजनिक लेखा समिती सभापति तथा रुपन्देही क्षत्र न ५ प्रतिनिधि सभा सदस्य माननीय भरत कुमार शाह ले इस्लाम धर्मावलम्बीहरूको रमजान पर्वको सुभकमाना व्यक्त गरेका छन आजदेखि शुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत् अनुसार इस्लाम धर्मालम्बीहरूको नवौँ महिनालाई ‘रमजान’ भनिन्छ । यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा अर्थात व्रत बस्ने गर्छन् ।
इस्लाम धर्मावलम्बीहरूको आठौँ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ । रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ ।
व्रत समयावधिभर होहल्ला नगरी एकदमै अनुशासित तरिकाले बस्नुपर्ने भएकाले संयमित भएर व्रत बस्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरू बताउँछन् । यो महिनाभर व्रत बस्नाले आँटेको पूरा हुने विश्वास गरिन्छ ।
रमजान सकिने दिन अर्थात् ३० दिनको रोजा सकिएको भोलिपल्ट कष्टकर व्रतबाट छुटकारा पाएको भन्दै धुमधाम तरिकाले खुशीयालीका साथ ‘इदउल फित्र’ पर्व मनाउने चलन छ ।विश्व भरी फैलिएको कोरोना भाइरस (covid-19) ले गर्दा नेपाल सरकारले लागु गरेको lockdown को पुर्ण पालना गर्दै १ महिने तराविह को नमाज तथा इफ्तारि कार्यक्रम सामुहिक रुपमा नगरि आ-आफ्नो घरमा इबादत (नमाज, इफ्तारि) गरी आफु र आफ्नो देश,समाजलाई कोरोना भाइरसको संक्रमण बाट बचाउन जिम्मेवार नागरिक बनौं र लकडाउन को पुर्ण पालना गरौं। आफु पनि बाचौं र अरुलाई पनि बचाअौ !

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij