बुटवल तामनगरको सुन पसलमा चोरी गर्नै लाग्दा ३ जना चोर पक्राउ

बुटवल तामनगरको सुन पसलमा चोरी गर्नै लाग्दा ३ जना चोर पक्राउ

बुटवल/

बुटवल प्रहरीले बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा रहेको सुनचॉदी पसलमा चोरी गर्ने प्रयत्न गर्दै गरेका  ३ जनालाई रंगेहात नियन्तरणमा लिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा रहेको सुनचॉदी पसलमा चोरी गर्ने प्रयत्न गरीरहेकै बेला तनहुका मनोज बिश्वकर्मा सहित ३ जनालाई नियन्तरणमा लिएको हो ।

शुक्रवार राती १२ बजे तिर गस्तीमा रहेको प्रहरी टोलीले सुनपसलको ताला फोरी सटर बंग्याउदै गरेका ३ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले बताउनु भयो ।

उनिहरुको साथबाट प्रहरीले सटर फोर्न प्रयोग गरेका  घन(हथौडा) हेक्सा ब्लेड, रड लगायतका सामग्री बरामद गरेको जनाएको छ ।

नियन्त्रणमा लिईएकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक भटराईले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij