आज अक्षय तृतीया, जौको सातु खाने दिन

आज अक्षय तृतीया, जौको सातु खाने दिन

काठमाडौंं – वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया आज। भुटेको जौको पीठो (सातु) र सक्खर पानीको सर्वत पिएर अक्षय तृतीया पर्व मनाइँदैछ। कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीमा अक्षय तृतीया पनि प्रभावित हुने भएको छ। वैद्यराज सुवर्ण वैद्यकाअनुसार सातुले पूर्ण रूपमा पौष्टिकता प्रदान गर्ने र गर्मीमा सर्वतले शीतलता प्रदान गर्दै शरीरमा ऊर्जा दिन्छ। यो पटक अधिकांश सर्वसाधारणलाई सातु पाउन सजिलो हुनेछैन। गर्मीयामभरि नै सातु सर्वत खानु राम्रो हुन्छ तर मधुमेहका रोगीले भने यो खान नहुने वैद्यको सुझाव छ।
सोमसरला वेद विद्याश्रमका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीकाअनुसार योग, ध्यान, न्यास गर्ने सात्विकले सातु सर्वत खाँदा निकै राम्रो हुन्छ। सनातन प्रचलनअनुसार माघमा घिउ चाकु, साउनमा कर्कलो, सक्खरखण्ड पिँडालु, असारमा खीर, दही च्यूरा जस्ता पर्व मनाई खाइने यी पदार्थले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नाले यस्ता भोजन खाने पर्व मनाइएको अधिकारीले बताए। यो दिन महादेव र पार्वतीको विवाह भएको पावन दिनका रूपमा लिइन्छ। साधुसन्त, ब्राह्मण, दीनदुःखीलाई गरिएको दान र शुभकार्य क्षय हुन्न भनिन्छ।
कोरोना प्रभावको बन्दाबन्दीले गर्दा दाताले यो दिन सातु सर्वत भोजन गराउन राखिएका गुठीबाट सातु सर्वत वितरण नहुने भएको छ। पशुपति गुठी गोश्वारा कार्यालयले पशुपति परिसरमा र गुठी संस्थानले राजगुठी अन्तर्गतका मुलुकका सबै देवस्थलमा सातु सर्वत वितरण गर्दै आएको थियो। पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले मानिसको जमघट गराउन नहुने भएकाले सातु सर्वत वितरण हुन नसक्ने बताए। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा घनश्याम खतिवडाले यो दिन कोषको स्थापना दिवस परेको भए पनि वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको छ।

प्रकाशित मिति : आइतबार, बैशाख १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij