लकडाउनमा अनलाइनबाटै याेगा सिकाउदै बुटवल महिला जेसिज

लकडाउनमा अनलाइनबाटै याेगा सिकाउदै बुटवल महिला जेसिज

बुटवल

बुटवल लेडी जेसीसको आयोजनामा बुटवलमा २ दिने अनलाइन योगा कक्षा सम्पन्न भएको छ । कोरोना महामारीको प्रकोपबाट सुरक्षित रहन तथा मानसिक रूपमा स्वस्थ रहन याेगा सिकाइएकाे हाे ।

पूर्विय दर्शन योग, ध्यान प्राणायामको माध्यमबाट सहयोग पुर्याउने उद्देश्यले बुटवल लेडी जेसीजले यो अभियान शुरु गरेको बुटवल लेडी जेसिजका अध्यक्ष कल्पना पाण्डेले बताइन् ।

पहिलो दिनको औपचारिक कार्यक्रम र सैद्धान्तिक योगा कार्यक्रम अनलाइनबाट गरिएको थियो भने साे कार्यक्रममा ५० जनाले सहभागिता जनाएका थिए । अनलाइन योगामा सस्थाका प्रमुख सल्लाहकार, सल्लाहकहरु, पूर्व अध्यक्षहरु एवं बिभिन्न शाखाका पदाधिकारीहरु,एवं जेसीस सदस्यहरुको सहभागिता  थियो ।

अध्यक्ष पाण्डेकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा योगा कक्षा प्रमुख प्रशिक्षक, मनोक्रान्तिका योग प्रशिक्षक, नेशनल योगा च्याम्पियनसिपका गोल्ड मेडलिस्ट, आत्मजागरण इन्टरनेशनलका अध्यक्ष गम्भीर श्रेष्ठले सन्चालन गरेका थिए ।

मातृशाखा बुटवल जेसीस बर्ष २०२०का अध्यक्ष राजीव गौतमले बुटवल महिला जेसिसले सुरुवात गरेको अनलाइन योगा कक्षा शारीरिक तन्दुरुस्त राख्न सहयोग पुग्ने भन्दै प्रशंसा गरे । साे अवसरमा पूर्व अध्यक्ष ज्ञानधरा पन्थ,राजुदेवी खनाल, उपाध्यक्ष बेदना पाण्डे र प्रभा गाैतम लगायतले बाेलेका थिए ।

कार्यक्रमकाे स‌ंयाेजन तथा संचालन महासचिब अनुपमा श्रेष्ठले गरेकी थिइन् ।

प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij