नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। नेकपाका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको छ। नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुगेका हुन्। सहमतिअनुसार सचिवालय बैठक आज बस्ने छ, हिजो भएको शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए। खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आफूले पार्टी तथा सरकारलाई चुस्त गतिमा सञ्चालन गर्न पार्टी बैठक अनिवार्य बोलाउनुपर्ने सुझाव दिएको भन्दै उनले मङ्गलबारका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए। सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्न सक्ने स्थायी समितिका सदस्य भीम रावलले बताए। शीर्ष नेताहरूको छलफलमा सहभागी भएका रावलले पार्टी तथा सरकारलाई प्रभावकारी तवरबाट सञ्चालन गर्नका लागि सचिवालय र स्थायी कमिटीको बैठक आवश्यक रहेकोप्रति सबै नेताले जोड दिएको उनको भनाइ छ,। यसअघि स्थायी कमिटीका २० जना सदस्यले बैठकको माग गरी पार्टी अध्यक्षलाई लिखित पत्र नै दिएको थियो। सोमबार नै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो। त्यसपछि नेता नेपालको निवास कोटेश्वरमा पनि शीर्ष नेताहरूको बीचमा छलफल भएको थियो। छलफलमा नेता नेपालसहित सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेताहरू भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो। त्यसैगरी, सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य झलनाथ खनालबीच पनि खुमलटारमा छलफल भएको थियो।

प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij