बुटवल- पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले रेडियो नेपालमा अतिथीले बोलेको बिषयलाई लिएर अन्तरवार्ताकारलाई स्पष्टिकोरण सोधिएको प्रशंगलाई दूर्भाग्यपूर्ण भएको बताउनुभएको छ । रेडियो नेपालको हिजो बिहानको कार्यक्रममा डा।बाबुराम भट्टराईसंगको अन्तरवार्ता लिने पत्रकार डा।नवराज लम्साललाई सूचना तथा प्रबिधी मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । ‘यो प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथीको आक्रमण हो’ पोख्रेलले भन्नुभयो,, ‘अतिथीलाई पहिले नै यसो भन्नुहोला, यसो नभन्नुहोला भनेर अन्तरवार्ता लिने प्रचलन संसारमा कही पनि छैन र लोकतान्त्रिक समाजमा यस्तो अभ्यासलाई पूर्ण रुपमा गलत मानिन्छ ।’ सरकारलाई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै उहाले आलोचना सुन्नै नचाहने प्रबृत्ति त्याग्न सरकारलाई आग्रह गर्नुभएको छ । ‘लगानी चाहे सरकारको होस्, चाहे निजी क्षेत्रको, सञ्चारमाध्यम सार्वजनिक सम्पत्ति हुन्, तीनलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ र सबैका अभिव्यक्तिलाई स्थान दिनुपर्छ’ उहाले भन्नुभयो। पोख्रेलले रेडियो नेपालले माफी माग्दै बक्तव्य निकाल्नुलाई झनै खतरनाक कदमको संज्ञा दिन। ‘ुभएको छयस्तो बक्तव्य आयो कि चाकरीको पराकाष्टा हो यो रु’ उहाले प्रश्न गर्नुभयो । यसो गरेर रेडियो नेपालको प्रशासनले रेडियो नेपालले आफ्नो विवेक र घोषित नीति अनुसार काम गर्नसक्दैन भन्ने सन्देश दिइएको दावी समेत गर्नुभएको छ । ‘रेडियो प्रशासन यसरी चाकरीमा लाग्दा त्यहाँ काम गर्नेहरुको मनोवल गिर्छ र आलोचनात्मक चेत सहितको पत्रकारिता त्यो संस्थामा मर्छ’ पोख्रेलले टिप्पणी गर्नुभयो । उहाले बिगतमा त्यही कार्यरत पत्रकार प्रमोद दहालमाथी पनि अन्तरवार्ता प्रकरणमा स्पष्टिकरण सोधिएको प्रशंग स्मरण गर्दै भन्नुभयो
,‘अहिले फेरि नवराजजीसंग सोधीएको छ, यो बेला हामी हाम्रो सम्पादकीय नीतिमा अडिग छौं भनेर प्रेस स्वतन्त्रताको पक्षमा उभिनु पर्ने रेडियो प्रशासन उल्टो रेडियोकर्मीको मनोवल गिराउने ढंगले प्रस्तुत भयो,यो दुःखद हो ।’
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्