चितवन – भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग हेटौडाको टोलीले छापा मारेको छ । अनियमितता भएको आशंकामा आयोगले छापा मरेको हो । अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।
रातको समयमा कर्मचारीले सामान ओसारेको सीसीटीभी फुटेज बाहिरिएपछि सामग्रीको अनियमितता भएको आशंका पनि गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले सामान चोरी गरेको आरोप लागेको छ । आरोप लागेपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले छानबिन समिति समेत बनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीको नेतृत्वमा आएको टोलीले अस्पतालका कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिँदै उहाँले कागजपत्र संकलन गर्ने काम भएको जानकारी दिनुभयो ।
छानबिन समितिका अध्यक्षद्वारा राजीनामा
छानबिन समितिका संयोजक उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले आफूले काम गर्नुअघि नै घटनाका सम्बन्धमा राजनैतिक हिसाबले टिकाटिप्पणी र सूचना आदानप्रदान भएकोले गैर राजनैतिक संस्था उद्योग संघको अध्यक्षको हैसतले उक्त समितिमा रहेर काम गर्नु संघको भावना विपरीत हुने भन्दै राजीनमा दिएको बताउनुभएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्