काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ ।
यसअघि सोमबार प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच भएको छलफलपछि मंगलबार नै बैठक बस्ने नेपाल पक्षका नेताहरुले बताएका थिए।
तर मंगलबार बैठक बस्न सकेको थिए। मंगलबार नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि सचिवालयको समय तय भएको हो।
सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा विवाद बढ्दै गएको छ। आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्